बागमती

बागमती प्रदेश प्रमख देवकोटाद्वारा प्रजातन्त्र दिवसको अवसरमा शुभकामना व्यक्त

मकवानपुर । बागमती प्रदेश प्रमख दीपक प्रसाद देवकोटाले राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा शुभकामना सन्देश व्यक्त गरेका छन् । आज बुधबार राष्ट्रिय  प्रजातन्त्र दिवस २०८१ को अवसरमा शुभकामना सन्देश प्रकाशन गर्दै बागमती प्रदेश, देश तथा विदेशमा रहेकाहरुलाई शुभकामना व्यक्त गरेका हुन् । ‘दिवसको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु’ सन्देशमा भनिएको छ । ‘स्वतन्त्रता र राष्ट्रहितका खातिर...

किसान कल्याण सहकारी संस्थाको २५ औं रजत जयन्ती:२५ जनाले गरे रक्तदान

मकवानपुर । किसान कल्याण बहुउद्देश्यीय सहकारी संस्थाले २५ औं रजत जयन्तीको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन् । हेटौंडा-८ कमानेमा अवस्थित सहकारीले मङ्गलबार नेपाल सोसाइटी रक्तसञ्चारको समन्वयनमा कार्यक्रम सम्पन्न गरेको हो । संस्थाका अध्यक्ष मोतिलाल लामाको सभाअध्यक्षतामा सम्पन्न कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष रमेश कुमार पौडेल, कल्पना बिक, कुमार केसी, धनलक्ष्मी थापा, लेखा...

नवोदयले हात पार्‍यो नगर स्तरीय बास्केटबलको उपाधी

मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्वर वडा कार्यालयको आयोजनामा जारी खेलकुद महोत्सव अन्तर्गत नगरस्तरीय बास्केटबलको उपाधी नवोदय शिशु सदन अङ्ग्रेजी माध्यमिक विद्यालयले जितेको छ । सोमबार भएको फाइनल खेलमा कमाने एकेडेमीलाई ४६–१८ अङ्कले पराजित गर्दै नवोदय विद्यालय विजयी भएको हो । हेटौंडा उपमहानगरपालिकामा रहेको ६ वटा विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा कमानेले ज्ञानोदय एकेडेमीलाई र नवोदयले तुल्सी मेहर मेमोरियल माध्यमिक...

२५ वटा गोरुहरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरको नियन्त्रणमा

मकवानपुर । हेटौंडा हुँदै बारातर्फ गएको गोरु बोकेको ट्रक पशु सेवा कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको छ । २५ वटा गोरुहरु बोकेको बागतमी प्रदेश ०३–००१ ख १४२४ नम्बरको ट्रकलाई बाराको पथलैयाबाट नियन्त्रणमा लिएको हो । हेटौंडा–१५ स्थित रातोमाटे चौकीमा पक्राउ गर्ने प्रयास असफल भइपछि कार्यालयको टोलीले पछ्याउँदै पथलैयाबाट नियन्त्रणमा लिएको पशु सेवा कार्यालय मकवानपुरका प्रमुख बज्र किशोर ठाकुरले जानकारी दिए...

लिखित प्रतिबद्धता विपरित श्रमिकलाई निष्काशन गरेपछि एन्टारटिक बिस्कुटका कर्मचारी आन्दोलित

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रस्थित एन्टारटिक बिस्कुट प्रा.लिले ९७ श्रमिकलाई निष्काशन गरेपछि उद्योगमा चरणबद्ध आन्दोलन सुरु भएको छ । परिक्षण अबधि सकीएका श्रमिकलाई श्रम ऐन बमोजिम स्थायी नियुक्ती गर्ने सहमती गरेको उद्योगले आफ्नै लिखित प्रतिबद्धता विपरित श्रमिकलाई निश्काशन गरेपछि यहाँ कार्यरत श्रमिकले चरणबद्द आन्दोलन सुरु गरेका हुन् । फागुन १ गते देखि जारी आन्दोलनलाई श्रमिकहरुले थप चर्काउने चेतावनी दिएका...

२३ लाख ढड्डा डिजिटाइज गर्दै बागमती प्रदेश सरकार

मकवानपुर । बागमती प्रदेश सरकारले आफ्ना यातायात व्यवस्था कार्यालयमा रहेका करिब २३ लाख सवारी साधनका ढड्डा, फाइल तथा अन्य दस्तावेज डिजिटाइजेसन सुरु गरेको छ । यसका लागि एक सय जना डेटा इन्ट्रीकर्ता खटाइएका छन् । सवारीधनीहरूलाई आफ्ना सक्कल फाइल यातायात कार्यालयमा बुझाउन सूचना जारी गरिएको छ । यातायात व्यवस्था कार्यालय, मोटरसाइकल गुर्जुधाराले लट नम्बर १ देखि ५५ सम्मका सवारीधनीलाई आफ्ना सक्कल फाइल...

घिमिरेको नेतृत्वमा नेविसंघ मकवानपुर क्याम्पस गठन

मकवानपुर । नेपाल विद्यार्थी संघ मकवानपुर बहुमुखी क्याम्पस इकाईं समितिको अध्यक्षमा सागर घिमिरे चयन भएका छन् । संघका केन्द्रीय सदस्य उमेशलाल स्याङ्तानको प्रमुख आतिथ्यतामा भएको भेलाले घिमिरेको अध्यक्षतामा ४४ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतरुपमा गठन गरेको हो । समितिमा उपाध्यक्ष उत्सव न्यौपाने, निरप्रताव सिंह, प्रशान्त सापकोटा र अजित घिमिरे रहेका छन् । इकाईं सचिवमा उत्सव ढुंगाना र प्रमेश्वर अधिकारी, सहसचिव...

हेटौंडा–४ मा जारी वृहत खेलकुद महोत्सवको उद्धाटन

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजनामा जारी खेलकुद महोत्सव– २०८१ को उद्धाटन भएको छ । गत माघ ९ बाट सुरु भएको खेल महोत्सवलाई शुक्रबार हेटाडौं–४ स्थित हुप्र चौरमा बागमती प्रदेश सभा सदस्य एकालाल श्रेष्ठले उद्धाटन गरेका हुन् । कार्यक्रममा शुभकामना राख्दै प्रमुख अतिथि श्रेष्ठले विद्यालय तहबाटै विद्यार्थीहरुमा खेल भावनाको विकास गराउन सकेमा भावी दिनमा राष्ट्रिय खेलाडी...

लायन्स क्लब इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ एस को तेस्रो जिल्ला अधिवेशन हेटौंडामा हुँदै

मकवानपुर । लायन्स क्लब  इन्टरनेशनल अन्तरगतको डिष्ट्रिक्ट ३२५ एस को तेस्रो जिल्ला अधिवेशन आगामी वैशाख ६ गते हेटौंडामा हुने भएको छ । शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै डिष्ट्रिक्ट गर्भनर टासी डोल्मा तुम्बहाम्फेले सम्मेलनका लागि आवश्यक तयारीको सुरुवात भएको जानकारी दिइन् । सम्मेलनमा विगतका कार्य समिक्षा गर्नुका साथै आगामी लायन वर्ष २०२५/२०२६ को लागि नयाँ नेतृत्व चयन गरिनेछ । विगतमा...

सामाजिक विकास मन्त्रालय अन्तरगतको ‘बस सेवा अनुदान कार्यक्रमले’ थप्यो शिक्षामा गुणस्तर

मकवानपुर । जिल्ला मकवानपुर गढी गाउँपालिका वडा नम्बर–२ शिखरकटेरी । स्थानः श्री चण्डिका माध्यमिक विद्यालयको परिसर । घडीमा विहानको १०ः४५ बज्यो । १०ः४५ हुनासाथ टीनिनिनि घण्टी बज्यो । यो मिनि हाल्फ टाईमको समय हो । फाल्गुनको महिना मन्द,मन्द शुर्यको किरणसँगै चिसो सिरेठो चलिरहेको छ । विद्यार्थीहरु विद्यालयको चौरीमा जम्मा भएका छन् । कोहि शौचालय तिर प्रवेश गर्दैछन् त, कोहि...