रामेछाप

रामेछापमा जीप दुर्घटना हुँदा गोकुलगङ्गा–४ का वडा अध्यक्षसहित ५ जनाको ज्यान गयाे

काठमाडौं । रामेछापमा जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ६ को सिमलडाँडा भिरमा जीप सडकबाट तल खेसेको हो । दुर्घटनामा गोकुलगङ्गा गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामचन्द्र बस्नेतसहित पाँच जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक प्रदीपकुमार सिंहले उज्यालोलाई जानकारी दिनुभयो । यस्तै जीपका चालक हिराबहादुर...

रामेछापमा भएको जीप दुर्घटनामा ज्यान गुमाउनको सङ्ख्या दुई पुग्यो

रामेछाप – रामेछापको मन्थली नगरपालिका–५ सुनारपानीको भदौरेमा हिजो दिउँसो भएको जीप दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ । दुर्घटनामा घाइते भएका मन्थली–४ का ६९ वर्षीय दिलीपकुमार बरुवालको धुलिखेल अस्पतालमा उपचारका क्रममा गएराति ज्यान गएसँगै ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । यसअघि मन्थली नगरपालिका–४ सालुकी वडा सदस्य पदममाया नेपालीको घटनास्थलमै ज्यान गएको थियो...

रामेछापको लेखर्कमा पहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या ६ पुग्यो, एक जना घाइतेको उद्धार

काठमाडौं ।  रामेछापको दोरम्बा शैलुङ्ग गाउँपालिका–३ लेखर्क पहरी गाउँमा गाउँमाथिबाट आएको पहिरोमा पुरिएर ज्यान गुमाउनेको सङ्ख्या छ पुगेको छ । एक जना घाइतेको उद्धार गरिएको छ । स्थानीयबासिन्दाका अनुसार पहिरोमा अझै चार जना हराइरहेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् प्रहरी निरीक्षक कौशल न्यौपानेकाअनुसार पहिरोमा परी ज्यान गुमाउनेमा ५७...

पहिरोमा पुरिएर एकै परिवारका तीनजनाको मृत्यु

  रामेछाप । रामेछापको गोकुलगङ्गा गाउँपालिका–६ फर्पुमा बिहीबार साँझ गएको पहिरामा परी तीनजनाको मृत्यु भएको छ । अविरल वर्षापछि खसेको पहिराले स्थानीय विमान तामाङको घरको आधा भाग पुरिँदा १८ वर्षीया छोरी सीता तामाङ, नातिनी क्रमशः १४ वर्षीया आशिका तामाङ र १३ वर्षीया लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीपकुमार सिंहले जानकारी दिए । बिहीबार साँझ रोपाइँ सकेर...

रामेछापमा बस दुर्घटना

रामेछाप । रामेछापको लिखु तामाकोशी गाउँपालिका वडा न ६ स्थित गैरी भन्ने स्थानबाट रामेछापको सदरमुकाम मन्थलीतर्फ आउँदै गरेको बा ५ छ ५६२५ नम्बरको यात्रु बाहक बस खिम्तिस्थित केउरिनि बिर्तामा दुर्घटनामा परेको छ  । जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार बसमा सवार १० जना नै घाइते भएको र घाइतेहरूको उद्दार गरि उपचारको लागि विभिन्न स्वास्थ्य केन्द्रहरूमा पठाइसकिएको छ ।

रामेछापमा वनमा आगो लगाउँदै हिँड्ने एक जना पक्राउ

रामेछाप – रामेछापका विभिन्न सामुदयिक वनमा आगो लगाउँदै हिँड्ने एक जनालाई प्रहरीले आगो लगाउँदै गर्दा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रामेछाप नगरपालिका–३ साँघुटारका १९ वर्षीय सुबास महत रहेका छन् । उनले आफ्नै गाउँको कालिकादेवी सामुदायिक वनमा आँगो लगाउँदै गर्दा जङ्गलबाट प्रहरीले पक्राउ गरेको हो । महतले सामुदायिक वनको विभिन्न ठाउँमा आगो लगाउँदै हिँडेको स्थानीयले देखेपछि प्रहरी चौकी साँघुटारमा...

काठमाडौंमा ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’ हुँदै

काठमाडौं । रामेछाप–काठमाडौं पत्रकार समाजले काठमाडौंमा फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रामेछापबाट काठमाडौं उपत्यकामा आएर विभिन्न पेशा, व्यवसायमा संलग्न तथा संघ–संस्थामा आबद्ध जिल्लाबासीहरुलाई लक्षित गरी चैत १० गते शनिबारदेखि ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’ गर्न लागेको संस्थामा अध्यक्ष दीपेन्द्र गुरुङले जानकारी दिए । उनका अनुसार कपअन स्पोर्टस् सेन्टर बालुवाखानी कपनमा हुने प्रतियोगितामा व्यक्तिगत एवं संस्थागत रुपमा रामेछाप...

अवरुद्ध बीपी राजमार्ग सञ्चालन

मन्थली (रामेछाप) । सवारी दुर्घटनापछि अवरुद्ध बनेको बीपी राजमार्ग सञ्चालनमा आएको छ । सिन्धुलीको सुनकोसी गाउँपालिकास्थितमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको थियो । दुर्घटनापछि आक्रोशित बनेका स्थानीयले बसमा आगजनी गर्नुका साथै राजमार्ग अवरुद्ध गरेका थिए । अवरुद्ध बनेको राजमार्ग दिउँसो १ बजेदेखि सञ्चालनमा आएको सिन्धुली प्रहरीले जानकारी दिएको छ । मोटरसाइकललाई ठक्कर दिने अरनिको यातायात सेवा समितिको बसमा...

अध्यक्षका लागि दाहाल र ढुंगेलले गरे उम्मेदवारी दर्ता

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश अध्यक्षका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ ।  मकवानपुरका कृष्णप्रसाद दाहाल र रामेछापका कैलाश ढुंगेल  उम्मेदवारी दर्ता गराएका छन् । हिक्मत लामा प्रस्तावक र देव कृष्ण विकललाई समर्थक राखेर दाहालले उम्मेदवारी दर्ता गराएका हुन् । आनन्दकुमार श्रेष्ठलाई प्रस्तावक र बचन देउजालाई समर्थक राखेर ढुंगेलले उम्मेदवारी दर्ता गराएका हुन् । उम्मेदवारी मनोनयनका लागि...

घरको आँगनमा लडेर एक महिलाको ज्यान गयाे

रामेछाप – आफ्नै घरको आँगनमा लडेर लिखु तामाकोशी गाउँपालिका–४ मा एक महिलाकाे ज्यान गएकाे छ । गएराति आँगनमा चिप्लिएकी  ४५ वर्षीया सरिता तामाङको घटनास्थलमै  ज्यान गएकाे हाे । लडेर उहाँकाे टाउकाेमा चाेट लागेकाे ज्यान जिल्ला प्रहरी कार्यालय रामेछापका प्रवक्ता रञ्जन गिरीले जानकारी दिनुभयाे । घटनाबारे थप अनुसन्धान भइरहेकाे गिरीले बताउनु भयाे।