काभ्रे
काभ्रेमा बाढीपहिरोले पुर्याएको क्षतिको पूर्ण विवरण अझै सङ्कलन हुन सकेन
काभ्रेपलाञ्चोक – बाढीपहिराले काभ्रेमा जनधनको ठूलो क्षति पुर्याएको एक महिना भयो । गएको असोज १० देखि १२ सम्म परेको अविरल वर्षाको बाढीपहिराले काभ्रेको विभिन्न स्थानीय तहमा ठूलो जनधनमा क्षति पुर्याउनुका साथै कृषि, पशु, शिक्षा, सडक, सञ्चार तथा विद्युत्का क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय नागरिकले कष्टकर जीवन बिताउन बाध्य बन्नुपरेको छ । घटनाको एक महिना बितिसक्दा पनि जिल्लामा मानवीय क्षतिबाहेक अन्य विविध...
बसले ठक्कर दिँदा महिलाको मृत्यु
काभ्रेपलाञ्चोक : अरनिको राजमार्गअन्तर्गत काभ्रेको भुम्लु गाउँपालिका–१० स्थित ५६ किलो भन्ने स्थानमा बसले ठक्कर दिँदा महिलाको मृत्यु भएको छ। बिहीबार साँझ काठमाडौंबाट बाह्रबिसेतर्फ गइरहेको बा २ ख ९०६४ नम्बरको बसले सडकमा हिँडिरहेकी महिलालाई ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन् । बाटोमा मागी हिँड्ने ती महिलाको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। कार्यालयका अनुसार नाम,...
बैंकिङ कसुरमा तीन वर्ष कैद र ९ करोड जरिवानाको सजाय तोकिएका व्यक्ति पक्राउ
काठमाडौं । बैंकिङ कसुर मुद्दामा फरार रहेका एकजना पक्राउ परेका छन्। पक्राउ पर्नेमा काभ्रे पनौती नगरपालिका-६ का ६७ वर्षीय रामभक्त थापा रहेका छन्। उनलाई शुक्रबार कोटेश्वरबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले बताए। क्यापिटल मर्चेन्ट तथा फाइनान्स कम्पनी लिमिटेडका पदाधिकारी र कर्मचारीलाई प्रभावमा पारी उनले बैंकिङ कसुर गरेको आरोप थियो। उक्त मुद्दामा उनलाई ९ करोड...
७३ बाेरा गाँजासहित काभ्रेमा ३ जना पक्राउ
काभ्रे । प्रहरीले काभ्रेको पनौतीबाट ७३ बोरा गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । पनौती नगरपालिका वडा नम्बर ५ आइटी पार्कमा जाँचका क्रममा प्लास्टिकका विभिन्न आकारका ७३ बोरामा दुई सय ८५ केजी गाँजासहित तीन जनालाई आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ । प्रकाउ पर्नेमा गाडी चालक नुवाकोटको विदुर नगरपालिका–११ घर भई अहिले काठमाण्डाैकाे बालाजु बस्ने ३५...
जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ
काभ्रे । बनेपा नगरपालिका-४ त्रिबेणीचोक बस्ने सबिन नेपालीले संचालन गरेको सुपर मार्केटभित्र जुवातास खेलिरहेको अवस्थामा नेपाली समेत ११ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी नालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८४ हजार ६ सय ४० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे...
काभ्रेका तीन गाउँपालिकामा केन्द्रीय विद्युत् विस्तार
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको तीन गाउँपालिकामा विद्युत् प्राधिकरणले केन्द्रीय विधुत्तीय प्रसारण लाइन विस्तार गर्ने कामलाई तीव्रता दिएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयद्वारा सूचीकृतमध्ये दुर्गम दुई र मध्य दुर्गम एक गाउँपालिकामा विद्युत्को केन्द्रीय लाइन विस्तार गरिएको हो । दुर्गम मानिएको महाभारत र खानीखोला तथा मध्य दुर्गममा सूचीकृत रोशी गाउँपालिकामा धमाधम विधुत्तीय सेवा विस्तारलाई तीव्रता दिइएको छ । यसअघि...
१५ लाख घुससहित समातिए बनेपा नगरपालिकाका वडाध्यक्ष
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ लाख रुपैयाँ घुससहित काभ्रेको बनेपा नगरपालिकाका एक वडाध्यक्षलाई नियन्त्रणमा लिएको छ। घर बाटो सिफारिस गर्ने बहाना बनाएर १५ लाख रुपैयाँ घुस लिएको अवस्थामा बनेपा–९ का वडाध्यक्ष नृपेश बादेलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो। उनलाई बुधबार बेलुकी भक्तपुरको मध्यपुर थिमी– ३ गठ्ठाघरबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए। सेवाग्राहीसँग घुस मागेको...
काभ्रेमा डेङ्गुको सङ्क्रमण पुनः बढ्यो
काभ्रे । काभ्रेपलाञ्चोकमा पुनः डेङ्गुको सङ्क्रमण देखिएको छ । जिल्लाको १० स्थानीय तहमा हाल एक सयको हाराहारी डेङ्गु सङ्क्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । कार्यालयका अनुसार अघिल्लो हप्ता करिब ५० को सङ्ख्यामा रहेको डेङ्गु सङ्क्रमित बढेर हाल एक सय तीन पुगेको हो । सबैभन्दा बढी बनेपा नगरपालिकामा ४१ सङ्क्रमित रहेको जनाइएको छ । यसमध्ये २० महिला...
मण्डनदेउपुरको मनमती मन्दिर जोगाउन पुरातत्त्व विभागद्वारा ध्यानाकर्षण
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोक मन्डनदेउपुरमा रहेका सम्पदा संरक्षणमा स्थानीय सरकार गैरजिम्मेवार बनेको भन्दै पुरातत्त्व विभागले स्थानीय सम्पदा जोगाउन पत्र काटेको छ। मण्डनदेउपुर नगरपालिकाले अनधिकृत रूपमा मन्दिर मास्न थालेपछि पुरातत्त्वले त्यसको संरक्षणको जिम्मा पनि स्थानीय तहकै रहेको ठहर गर्दै यस्तो निर्देशन दिएको हो। बम यसअघि विभागबाट खटिएका पुरातत्व अधिकृत र पुरातत्वविद्सहितको टोलीले ‘सम्पदाको महत्व स्थानीय सरकारलाई पनि बुझाउनू’ भन्दै पुरातत्व विभागलाई...
बनेपाबाट लागुऔषधसहित दुईजना पक्राउ
काभ्रे । बनेपा नगरपालिका-८ बाट अवैध लागुऔषध खैरो हेरोईन ६५ ग्राम, डिजिटल तराजु १ थान र नगद ३ लाख १९ हजार रुपैयाँसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ डेरा गरी बस्ने भोजपुर टेम्केमैयुङ गाउँपालिका-९ घर भएका ३० वर्षीय लाक्पा शेर्पा र काभ्रे तेमाल गाउँपालिका-३ घर भएकी १८ वर्षीया किशोरी रहेका छन् । विशेष सूचनाको आधारमा लागुऔषध...