मकवानपुर
चुरेहिल अस्पतालमा डाक्टरमाथि कुटपिट, स्वास्थ्य बिमामै विवाद
मकवानपुर । हेटौंडास्थित चुरेहिल हस्पिटलमा बुधबार साँझ डाक्टरमाथि कुटपिट भएको छ । उपचारका क्रममा विवाद उत्पन्न भएपछि अस्पतालमा कार्यरत अर्थोपेडिक सर्जन डा.सुशिल शाहमाथि बिरामीका आफन्तले कुटपिट गरेका हुन् । लडेर कुहिनोमा सामान्य चोट लागेकी हेटौंडा–११ निवासी सुरक्षा कडेललाई उपचारका लागि अस्पताल ल्याइएको थियो । घाउ सफा गरी टाँका लगाइसकेपछि डा. शाहले एक दिन अब्जरभेसनका लागि भर्ना हुन सुझाव दिएका...
आजदेखि मौसम पुनः बदलीको सम्भावना
मकवानपुर । आजदेखि मौसम पुनः बदलीको सम्भावना छ । पश्चिमी वायुको प्रभावका कारण मौसम बदलीसहित केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ । आज र भोलि गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागका थोरै ठाउँमा तथा बाँकी प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ ।...
मकवानपुरमा नर्सहरुको आन्दोलन : आज दुई घण्टा नर्सिङ सेवा बन्द
मकवानपुर । मकवानपुरका स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुले आज बुधबारदेखि दुई घण्टा नर्सिङ सेवा बन्द गर्ने भएका छन् । गत कात्तिक ४ गतेबाट ११ गतेसम्म हेटौंडा अस्पताललगायत सबै स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुले कालोपट्टी बाँधेर सेवा प्रदान गरेका थिए । नेपाल नर्सिङ संघको आह्वानमा जारी आन्दोलनअन्तर्गत स्वास्थ्य संस्थाहरुमा कार्यरत नर्सहरुले बिहान १० बजेदेखि १२ बजेसम्म अत्यावश्यक बाहेकका नर्सिङ सेवा बन्द गर्ने...
आजभन्दा भोलि वर्षा कम हुने, पर्सि फेरि ठूलो वर्षा र हिमपातको सम्भावना
मकवानपुर । देशका विभिन्न ठाउँमा गएरातिदेखि नै वर्षा र हिमपात भएको छ । गएराति गण्डकीदेखि पश्चिमका केही ठाउँमा र बिहानदेखि काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा वर्षा र हिमपात शुरू भएको हो । आउँदो शुक्रवारसम्म नै वर्षा र हिमपात हुने मौसमविदले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाले सार्वजनिक गरेको तीन दिने मौसमी बुलेटिनअनुसार आजभन्दा भोलि वर्षा कम हुनेछ । पर्सि...
जेनजी आन्दोलनमा भिमफेदी कारागारबाट भागेका कैदीको गैँडाकोटमा हत्या
मकवानपुर । मकवानपुरको भिमफेदी कारागारबाट भागेका कैदीको पूर्वी नवलपरासीस्थित गैँडाकोटमा हत्या भएको छ । ५–८ जना मिलेर २८ वर्षीय नारायण कुमालको हत्या गरेका हुन् । गैँडाकोट नगरपालिकास्थित इँट्टाभट्टा नजिकै शुक्रबार राति धारिलो हतियार प्रहार गरेर उनको हत्या भएको पूर्वी नवलपरासीका एसपी युवराज खड्काले बताउनुभयो । मृतक चितवनको कालिका नगरपालिका–४ पदमपुरका स्थानीय हुन् । हत्यामा संलग्न आरोपमा ५ जनालाई नियन्त्रणमा...
लक्ष्मीपूजामा विद्युत् माग एक हजार ६५० मेगावाट
मकवानपुर । यो वर्षको लक्ष्मीपूजामा देशभित्रको विद्युत् उच्च माग (पिक डिमाण्ड) एक हजार ६५० मेगावाट रेकर्ड गरिएको छ। लक्ष्मीपूजाको दिन सोमबार साँझ ६: ५० बजे पिक डिमाण्ड एक हजार ६५० मेगावाट रेकर्ड गरेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । गत वर्ष लक्ष्मीपूजाङ्पिगा क डिमाण्ड एक हजार ६०२ मेगावाट रेकर्ड गरिएको थियो । गत वर्षको भन्दा यो वर्ष लक्ष्मीपूजाको दिन...
सिद्धार्थ शिशुसदन माबिको शुभकामना कार्यक्रम सम्पन्न
मकवानपुर । हेटौंडामा रहेको सिद्धार्थ शिशुसदन माध्यमिक बिद्यालयले तिहार बिशेष शुभकामना आदानप्रदान तथा देउसीभैलो प्रतियोगिता सम्पन्न गरेको छ । बिद्यालयको अतिरिक्त क्रियाकलाप अन्तरगत शुक्रबार उक्त कार्यक्रम सञ्चालन गरिएको हो । बिद्यालयका बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष बुद्धराज अर्यालको अध्यक्षता एवम् हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सुशिल घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बिद्यालयका बिद्यार्थीहरुले देउसी भैलो सहित सांस्कृतिक...
मकवानपुर जिल्ला अदालत कार्तिक १३ गतेदेखि नियमित सञ्चालनमा
हेटौंडा । जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीका कारण आंशिक रूपमा मात्र सञ्चालनमा रहेको मकवानपुर जिल्ला अदालत अब कार्तिक १३ गते देखि पूर्ण रूपमा नियमित रूपमा सञ्चालनमा आउने भएको छ। अदालतका निमित्त श्रेस्तेदार केशवराज कौशिकले बिहीबार एक सूचना जारी गर्दै जिल्ला बार एसोसिएसन कार्यसमिति मकवानपुरसँगको समन्वय तथा अदालतको पूर्ण बैठकको निर्णयअनुसार मुद्दाको प्राथमिकताको आधारमा नियमित रूपमा सुनुवाइ प्रारम्भ...
हेटौंडा बजारमा बढ्यो तिहारको चहलपहल (तस्बिरहरू)
मकवानपुर । तिहार सुरु हुन अझै केही दिन बाँकी भएपनि बागमती प्रदेशको राजधानी हेटौंडामा सर्वसाधारणको चहलपहल सुरु भएको छ । नेपालीहरुको महान पर्व शुभ दिपावली (तिहार) लागेसगैं हेटौंडाका मुख्य व्यापारिक केन्द्रहरुमा सामान खरिद गर्नेको भिड बढेको छ । तिहारको समयमा अरु समयमा भन्दा अलि बढि व्यापार हुने गरेको देखिन्छ । यस्तै व्यापारीहरुले भाइमसलामा प्रयोग हुने मसलाहरु, सप्तरङ्गी भाइटिका,...
तिहारमा देशभर झन्डै ४६ लाखभन्दा बढी माला बिक्री हुने अनुमान
मकवानपुर । फ्लोरिकल्चर एशोसिएसन नेपालले यस वर्षको तिहार पर्वमा देशभर ४६ लाख २० हजार माला खपत हुने अनुमान गरेको छ । सयपत्री फूलको ४० लाख, मखमखी फूलको पाँच लाख ५० हजार, गोदावरी फूलको २० हजार र मिक्स माला ५० हजार गरी देशभर ४६ लाख २० हजार माला माग हुने अनुमान गरेको एशोसिएसनका अध्यक्ष राजेशभक्त श्रेष्ठले जानकारी दिनुभयो । उहाँका...


















