info@nawayug.com

सुनसरीमा जीपले सिटी सफारीलाई ठक्कर दिँदा चालकसहित पाँचजना घाइते

काठमाडौं । सुनसरीमा जीपले सिटी सफारीलाई ठक्कर दिँदा चालकसहित पाँचजना घाइते भएका छन् । इटहरी उपमहानगरपालिका–१७, पकलीस्थित सशस्त्र ब्यारेकनजिक पूर्व–पश्चिम राजमार्गमा जीपले सिटी सफारीलाई ठक्कर दिएको हो ।

मंगलबार इटहरीबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ४२४७ नम्बरको सिटी सफारीलाई सोही दिशातर्फबाट आउँदै गरेको जीपले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते हुनेहरूमा सुनसरीको इटहरी उपमहानगरपालिका–४ बस्ने ४८ वर्षीय चन्द्रलाल चौधरी (सिटी सफारी चालक), मोरङको सुन्दरहरैचा नगरपालिका–७ बस्ने ७२ वर्षीय भीम परियार, सोही ठाउँ बस्ने ९ वर्षीय प्रनिस सुनार, ३० वर्षीय प्रिङका सोनाम, प्रिङका छोरी १४ वर्षीया प्रनिसा सोनाम छन् ।

प्रतिक्रिया