काठमाडौं । लोक तथा दोहोरी गीत प्रतिष्ठानकी अध्यक्ष रीता थापामगरले नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने भएकी छन् ।
धादिङ क्षेत्र नम्बर २ बाट खुला महिलातर्फ सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित थापामगरले केन्द्रीय सदस्यमा खुला महिलातर्फ उम्मेदवारी दिने तयारी गरेकी हुन् ।
दुई दशकभन्दा लामो समयदेखि लोकदोहोरी क्षेत्रमा सक्रिय थापामगरका विभिन्न लोकदोहोरी गीत चर्चित छन् ।
कांग्रेसको इतिहास, संघर्ष र आदर्शलाई आत्मसात् गर्दै अग्रजले देखाएको बाटो पछ्याउने उनको प्रतिबद्धता छ । साथै, युवापुस्ता र महिलाको सम्मानजनक सहभागिता, अवसर तथा नेतृत्वलाई थप बलियो बनाउने आफ्नो लक्ष्य रहेको थापामगरले बताएकी छन् ।
१८ असोज २०८३, आईतबार ११:५४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com