काठमाडौं । नेपाल राष्ट्र बैंकले १ रुपैयाँ दरका ४० करोड थान नयाँ सिक्का छाप्ने प्रक्रिया अघि बढाएको छ ।
राष्ट्र बैंकले १ रुपैयाँ दरका सिक्काको डिजाइन, टकमरी (मिन्टिङ) तथा आपूर्तिका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको हो ।
राष्ट्र बैंकको मुद्रा व्यवस्थापन विभागका अनुसार नयाँ सिक्का छाप्न इच्छुक योग्य कम्पनीहरूलाई बोलपत्रमा सहभागी हुन आह्वान गरिएको छ ।
बोलपत्रमा सहभागी हुन इच्छुक कम्पनीले आगामी नोभेम्बर २ तारिखसम्म प्रस्ताव पेस गर्न सक्नेछन् । बोलपत्र राष्ट्र बैंकको थापाथलीस्थित बैंकिङ विभागमा पेस गर्नुपर्ने सूचनामा उल्लेख छ ।
१८ असोज २०८३, आईतबार १२:०४ मा प्रकाशित
पात्रो
राशिफल
विदेशी विनिमय
सुन / चाँदी
युनिकोड
मौसम
शेयर बजार
nawayug.com