रसुवा
रसुवामा निर्माणाधीन सुक्खा बन्दरगाहको काम ७२ प्रतिशत पूरा
रसुवा – चीनसँग सीमा जोडिएको देशको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाहकाे काम ७२ प्रतिशत पूरा भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माणाधीन बन्दरगाहको काम ७२ प्रतिशत पूरा भएको नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले स्थलगत निरीक्षणपछि जानकारी दिनुभएको छ । भोटेकोशी बगरमा सात सय मिटर लामो र साढे पाँच मिटर...
रसुवा केन्द्रविन्दु भएर भूकम्पको धक्का महसुस
मकवानपुर । रसुवा केन्द्रबिन्दु भएर बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ । रसुवाको मन्चेट नजिक केन्द्रबिन्दु भएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्रका अनुसार, दिउँसो ३ बजेर २४ मिनेटको समयमा गएको उक्त भूकम्पको तीव्रता ३ दशमलव ९ म्याग्निच्युड रहेको थियो । यसअघि आज बिहान पनि मुगुको धर्मा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । बिहान...
रसुवाको गोसाइँकुण्डमा मेला शुरु
काठमाडौं । रसुवाको गोसाइँकुण्डमा मेला शुरु भएको छ। गङ्गा दशहरा पर्वअन्तर्गत तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् । गोसाइँकुण्डमा स्नान र पूजा गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वास छ । चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको पवित्रकुण्ड स्नान गर्न बुधवारदेखि अहिलेसम्म एक हजारभन्दा धेरै भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेका लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक...
एमाले रसुवाका अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत
रसुवा । नेकपा एमाले रसुवाको ९ औं जिल्ला अधिबेशनबाट अध्यक्षमा जनार्दन ढकाल सर्वसम्मत चयन भएका छन् । मंगलबार सम्पन्न अधिबेशनको बन्दसत्रले उपाध्यक्षमा कैसाङनुर्पु तामाङ, सचिमा पेम्बा तामाङ, सहसचिबमा चमेली गुरूङ र शुकबहादुर थोक्रा समेत ७८ सदस्य रहेको कमिटी सर्वसम्मत भएका हुन् । २ दिन चलेकाे बन्दसत्रले प्रस्तुत राजनीतिक तथा सांगठनिक र आर्थिक तथा रसुवा समृद्धिको खाकामाथि प्रतिनिधीहरुले समुहगत छलफल...
पक्राउ परेको मान्छे भगाएको आरोपमा दुई प्रहरी कारागार चलान
रसुवा । मानिस बेपत्ता बनाएको आरोपमा पक्राउ परेका दुई प्रहरीलाई कारागार चलान गरिएको छ । कारगार चलान हुनेमा जिल्ला प्रहरी कार्यालय रसुवामा कार्यरत प्रहरी सहायक निरीक्षक रामविद्या शाह र प्रहरी वरिष्ठ हवल्दार जगतनारायण वछाड थारू रहेका छन् । पक्राउ गरिएको व्यक्ति जिल्लास्तरमा ल्याउने क्रममा थुमनका एक नागरिक बीचबाटोमै गायव गराएको आरोप उनीहरू माथि लागेको छ । मानिस कुटपिट गर्ने...
१४ लाख बराबरको सुनजस्तो देखिने पहेंलो धातुसहित तीन पक्राउ
रसुवा । गोसाईकुण्ड गाउँपालिका-२ रसुवागढीबाट करिब १४ लाख ९१ हजार ६ सय ८२ रुपैयाँ बराबरको १२ तोला ९१ लाल तौलको सुनजस्तो देखिने पहेंलो धातुसहित ३ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गेरको छ । पक्राउ पर्नेहरूमा आमाछोदिङ्मो गाउँपालिका-१ हाकु बस्ने ४४ वर्षीय सिने वाङ्दी तमाङ, सोही गाउँपालिका-५ चिलिमे बस्ने १६ वर्षीया किशोरी र सोही गाउँपालिका-४ बस्ने २३ वर्षीय लक्ष्मी तामाङ...
रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, पाँच जना घाइते
काठमाडौं । रसुवामा ट्रक दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । आमाछोदिङ्मो गाउँपालिका–२ नेशिङ खोलामा हिजो बेलुका ट्रक दुर्घटना हुँदा आमाछोदिङ्मो–२ का ३२ वर्षीय अक्कलबहादुर तामाङ, ३० वर्षीय फुर्पु छेवाङ तामाङ र ३९ वर्षीया पेम्वाडोल्मा तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख सुवास बुढाथोकीले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते...
आगलागीबाट दम्पतिको मृत्यु
मकवानपुर । रसुवा जिल्लाको आमाछोदिङमो गाउँपालिका–५, छोदुमको एक टहरोमा आगलागी हुँदा एक दम्पतिको मृत्यु भएको छ । आईतबार दिउँसो चुल्होबाट टहरोमा आगलागी हुदा ८६ वर्षीया लोप्साङ तामाङ र ८६ वर्षीया छेकी तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । आगलागीबाट टहरो लगायत टहरो भित्र रहेका लत्ता कपडा, आन्नपात पूर्णरुपमा नष्ट भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जानकारी दिएको छ ।
कोरोनाको बहानामा चिनियाँ नाका फेरि बन्द
रसुवागढी । रसुवागढी नाकाबाट शनिबार बिहानसम्म सामान लोड भएका कन्टेनर नेपाल आएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत रामप्रसाद मैनालीले बताए । ‘आइतबारदेखि नाकाबाट कन्टेनर आएका छैनन्, आयात ठप्प छ,’ उनले भने, ‘रसुवागढी नाकाबाट चीनतर्फ निर्यात नभएको भने ३० महिना भयो । मानिसको आवतजावत पनि बन्द छ ।’ चिनियाँ पक्षबाट आयात रोकेका विषयमा कुनै औपचारिक जानकारी भने नआएको मैनालीले जनाए । तिब्बततर्फ कोरोना...
स्थानीय तह निर्वाचनको तयारीमा जुटे रसुवाका राजनीतिक दल
रसुवा।आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि रसुवामा दल तयारीमा जुटेका छन् । जिल्लामा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी लगायत दल निर्वाचनको तयारीमा जुटेका हुन् । जिल्लामा रहेका सबै दलका नेता, कार्यकर्ता आन्तरिक तयारीमा जुटेको बताएका छन् । निर्वाचनमा आफ्नो पार्टीको बहुमत ल्याउने गरी दलले तयारीलाई तीव्रता दिएको बताएका छन्...