चितवन

चितवनमा जडीबुटी प्रशोधन उद्योग स्थापना

चितवन । चितवनमा पहिलोपटक जडीबुटी तेल प्रशोधन उद्योग स्थापना भएको छ । जिल्ला जडीबुटी सहकारी सङ्घले रत्ननगर नगरपालिका–११ मङ्गलपुरमा उद्योग स्थापना गरेको हो । उद्योगको बिहीबार वाग्मती प्रदेशका सांसद कृष्ण खनालले उद्घाटन गर्नुभयो । करिब ४० लाखको लगानीमा स्थापना गरिएको उद्योगले वनस्पतिबाट निस्कने सबै तेल उत्पादन गर्ने जिल्ला जडीबुटी सहकारी सङ्घका अध्यक्ष कुलप्रसाद देवकोटाले जानकारी दिनुभयो । उद्योगमा प्रशोधन...

रोपाइँको मुखमा मलको अभाव

चितवन । असार महिना शुरु हुन लाग्दा कृषकले आवश्यक मात्रामा मल पाउन सकेका छैनन् । जिल्लामा अहिले युरिया मलको अभाव देखिएको छ । घण्टौँसम्म लाइन बस्दासमेत डिएपी र पोटास पाए पनि कृषकले अहिले युरिया मल पाउन सकेका छैनन् । धान रोपिसकेपछि बालीमा हाल्नका लागि अवश्यक पर्ने युरिया मल जिल्लाका कुनै पनि स्थानमा पु¥याउन नसकिएको कृषि सामग्री कम्पनी लि शाखा...

तयार भए सौराहाका होटल क्वारेन्टिन बनाउन

चितवन । सौराहाका होटल सञ्चालकले पहिलो चरणमा क्वारेन्टिनका लागि २९ वटा होटल दिन तयार भएका छन् । ती होटलमा ५०० जना अट्ने जनाइएको छ । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष दीपक भट्टराईका अनुसार होटलको सूची स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय पठाइसकिएको छ । सूचीमा प्रतिव्यक्ति रु दुई हजारदेखि तीन हजारसम्म खाना र बसाइको दररेट राखिएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,...

चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । चितवनको माडी नगरपालिकामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। माडीका ८५ जनाको भारतपुरको कोरोना परीक्षण प्रयोगशालामा गरिएको परीक्षणमा ८ जनाको पोजेटिभ रिपोट आएको भरतपुर अस्पतालले जनाएको छ। चितवनको कोरोना अस्पतालबाट हालसम्म ८ जना निको भएर घर फर्किएका छन्।

कोभिड–१९ प्रयोगशालामा स्वाबको चाप

भरतपुर । कोरोना परीक्षणको दायरा बढेसँगै भरतपुर कोभिड–१९ प्रयोगशालामा स्वाबको चाप बढेको छ । क्वारेन्टिनमा बसेका व्यक्तिको पिसिआर परीक्षण थालिएपछि प्रयोगशालामा स्वाबको चाप बढेको हो । प्रयोगशालामा बुधबारसम्म तीन हजार १०० जनाको पिसिआर विधिबाट स्वाब परीक्षण गरिएको छ । सोमबार ३० जना र बुधबार चारजनाको पिसिआर पोजेटिभ देखिएको थियो । त्यसपछि झन पिसिआर परीक्षण गराउने बढेका छन् । दैनिक...

वन्यजन्तुबाट हुने क्षति कम भएपछि स्थानीयवासी खुशी

कावासोती । “दिनहुँजसो जङ्गलबाट गैँडा, बदेल आएर मकै, तरकारी सबै खाने गर्दथ्यो अहिले जोगिएको छ, हामीलाई खुशी लागेको छ”, कावासोती नगरपालिका–१२ का स्थानीय बहादुर थनेतले भन्नुभयो, “धानखेतमा गैँडा आएर खाने, आहाल खेल्ने गर्दथ्यो अहिले सबै जोगिएको छ ।” कावासोती नगरपालिकाले मध्यवर्ती क्षेत्रमा जोडिएका वडामा पक्की पर्खालसहितको मेस जाली निर्माण गरेपछि वन्यजन्तुले पु¥याउँदै आएको क्षति रोकिँदा यस क्षेत्रका बासिन्दा खुशी...

तीन जनाविरुद्ध प्रहरीमा जाहेरी

चितवन । भरतपुुर महानगरपालिकाको अगुवाइमा स्थापना गरिएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालमा भएको अनियमितता र चोरीका विषयमा प्रहरीमा जाहेरी दर्ता भएको छ । महानगरपालिकामा नेपाली काँग्रेसका तर्फबाट निर्वाचित उपप्रमुखसहित वडाध्यक्ष, वडा सदस्य र कार्यपालिका सदस्यका तर्फबाट तीन वडाध्यक्षले किटानी जाहेरीसहित उजुरी दर्ता गरेका हुन् । अस्पतालमा भएको चोरीका विषयमा निष्पक्ष छानबिन गर्न उनीहरुले महानगर प्रमुखसँग माग गर्दै आएका थिए...

प्रजिअसहित कर्मचारी सङ्क्रमणको जोखिममा

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनबाट अनुमतिपत्र लिएर काठमाडौँ गएका चिकित्सकमा कोरोना सङ्क्रमण देखिएपछि प्रमुख जिल्ला अधिकारीसहित कर्मचारीहरु सङ्क्रमणको जोखिममा परेका छन् । यससँगै प्रशासनमा आज हुने भनिएको एक बैठक स्थगन गरिएको छ भने अत्यावश्यक बाहेकका काम रोकिएको छ । जिप्रकाका सूचना अधिकारी ईश्वर सिम्खडाका अनुसार ती चिकित्सकले यही जेठ २३ गते प्रशासनमा आफँै पुगेर अनुमतिपत्र लिएका थिए ।...

कोरोनाको कारण मृत्यु भएका चितवनका वृद्धको नारायणी नदी किनारामा अन्त्यष्टि

चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमणको कारण मृत्यु भएको वृद्धको नारायणी नदी किनारामा अन्त्यष्टि गरिएको छ। परिवारको सल्लाह अनुसार देवघाट जाने सडकको बाँयातर्फ नारायणी नदी किनारमा खाल्डो खनेर गाडिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ। भरतपुर अस्पतालबाट नेपाली सेनाको टोलीले उनको शव उठाएको थियो। मुटु, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका वृद्धलाई चारदिन अघि नारायणी सामुदायिक अस्पतालमा भर्ना...

सौराहा अवलोकन गर्न टावर

चितवन । पर्यटकीय नगर सौराहामा रोटरी क्लब अफ रत्ननगरले निर्माण गरेको रोटरी क्लब टावर रत्ननगर नगरपालिकामार्फत वडा कार्यालयलाई हस्तान्तरण गरिएको छ । क्लबका अध्यक्ष विपिन पोखरेलले नगरप्रमुख नारायण वनमार्फत वडा नं ७ का अध्यक्ष लालबहादुर भट्टलाई सो टावर सोमबार हस्तास्तरण गर्नुभएको हो । सो अवसरमा जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटी, नगरप्रमुख वन, क्लबका अध्यक्ष पोखरेलसँगै जुम एपबाट...