धादिङ

धादिङमा २ वटा बस ठाेक्किँदा १३ जना घाइते

धादिङ – पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुई वटा यात्रुवाहक बस ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाण्डौबाट गोरखातर्फ गुडिरहेको बा ४ ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाण्डौतर्फ गुडिरहेको बा ५ ख ३४९५ नम्बरको बस ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रह्लाद सिलवालले जानकारी दिनुभयो ।...

धादिङको थाक्रेमा घरमा आगो लाग्दा वृद्ध दम्पतीको ज्यान गयो

धादिङ – धादिङको थाक्रे गाउँपालिका–५ पुरानडाँडामा रहेको घट्टेखोला भन्ने ठाउँको एउटा घरमा आगलागी हुँदा वृद्ध दम्पतीको ज्यान गएको छ । गएराति ७० वर्षीय तेजबहादुर लामाको एकतले घरमा आगलागी हुँदा उहाँ र उहाँकी ७० वर्षीया पत्नी ठूली लामाको ज्यान गएको धादिङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम केसीले बताउनुभयो । आगलागीबाट घरमा भएका अन्नपात र लत्ताकपडा पनि सबै जलेर नष्ट भएको...

एमाले धादिङको अधिवेशनमा कार्यकर्ताको हात भाँचिने गरी धक्कामुक्का

काठमाडौं । नेकपा एमाले धादिङको अधिवेशनमा कार्यकर्ताको हात भाँचिने गरी धक्कामुक्का भएको छ । एमाले जिल्ला कमिटी धादिङको नवौँ अधिवेशनमा जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जबरजस्ती प्रस्ताव पेस गरेर एकलौटी निर्णय भएको घोषणा गर्न खोजेपछि भएको धक्कामुक्काबाट सन्तोष खनालको हात भाँचिएको छ । आइतबार एमाले बागमती प्रदेश अध्यक्ष कैलाश प्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘ जिल्ला कमिटी...

धादिङमा ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु, पृथ्वी राजमार्ग अवरुद्ध

धादिङ। ट्रकको ठक्करबाट धादिङमा दुइ विद्यार्थीको मृत्यु भएको छ । पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ फुर्केखोलामा आज बिहान ट्रकको ठक्करबाट दुई विद्यार्थीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक सूचना अधिकारी सन्तुलालप्रसाद जैसवारका अनुसार ट्रकको ठक्करबाट दुबै बिधार्थीको घटनास्थलमा नै मृत्यु भएको हो । उनका अनुसार ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ । मृतकका आफान्तले यतिखेर...

नागढुङ्गा–मुग्लिन सडक स्तरोन्नति हुँदै

धादिङ । सङ्घीय राजधानी जोड्ने लाइफलाइनको रुपमा रहेको पृथ्वीराजमार्ग र त्रिभुवन राजपथको नागढुङ्गादेखि मुग्लिनसम्मको सडक वर्षामा पनि धमाधम स्तरोन्नति भइरहेको छ । सडक निर्माण भएको करिब ३० वर्षपछि पहिलो पटक स्तरोन्नति हुन लागेको हो । नागढङ्गादेखि मुग्लिनसम्म ९५ किलोमिटर सडकअन्तर्गत तीन चरणमा स्तरोन्नति भइरहेको छ । यसअघिका प्रत्येक वर्षमा सामान्य मर्मत भइरहेपनि जगैदेखि विस्तारको काम भने पहिलो पटक भइरहेको...

धादिङमा भिरबाट लडेर आमा र दुई वर्षीय छोराकाे ज्यान गयाे

काठमाडौं । धादिङमा भिरबाट लडेर आमा–छोराकाे ज्यान गएकाे छ । धादिङकाे बेनिघाट रोराङ गाउँपालिका–२ की १९ वर्षीया अप्सरा चेपाङ र उहाँका दुई वर्षीय छोरा साजनको भिरबाट लडेर ज्यान गएकाे हाे । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार सोमवार हिजाे घर नजिकै जङ्गलमा छोरा बोकेर घाँस काट्न गएकी अप्सरा भिरबाट लडेकी हुन् । दुवैजनाको  उपचारको क्रममा मलेखु शिक्षण अस्पतालमा...

गुडरहेको बसमा आगलागी

काठमाडौं । त्रिभुवन राजपथ अन्तर्गत धादिङको धुनिबेशी-९ गणेशस्थानमा गुडिरहेका बसमा आगलागी भएको छ । नीलकण्ठ नगरपालिका-१ पात्लेबाट काठमाडौंका लागि छुटेको ग१ख ४८४७ नम्बरको बसमा एक्कासी आगलागी भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख, प्रहरी उपरीक्षक (एसपी ) गौतम मिश्रले जानकारी दिए । ३३ जना यात्रु रहेको बसमा सबै यात्रु सकुशल छन् । बसका सिट भने जलेर नष्ट भएका छन् ।...

होटलमा ग्राहकको छुरा हानेर हत्या

धादिङ । धादिङको गल्छी गाउँपालिका–८ गल्छी नजिकै निबुवा बोटेमा सञ्चालित एक होटलमा खाजा खान आएका ग्राहकको छुरा प्रहार गरी हत्या गरिएको छ । बुधबार बेलुका खाजा खान गएका गल्छी–८ कटलपौवाका २७ वर्षीय विनोद थापामगरलाई निबुवा बोटेस्थित ‘सानदार होटल’का सञ्चालक २८ वर्षीय नीरज पण्डितले छुरा प्रहार गरी हत्या गरेका हुन् । आरोपितलाई रातिनै पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी...

टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

धादिङ । धादिङको थाक्रे गाउँपालिका ७ राम्चेमा  टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । धादिङकै राम्चेका अन्जन तामाङको मृत्यु भएको हो । दुर्घटनामा परेर गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा काठमाडौँस्थित राष्ट्रिय ट्रमा सेन्टर शुक्रबार बिहान साढे ३ बजे मृत्यु भएको हो । हाप्सेचौरबाट बज्रकाली स्थित ढुङ्गा खानीतर्फ जाँदै गरेको बा २ क ४७०० नम्बरको  टिप्पर शुक्रबार बिहान सवा २ बजे अनियन्त्रित...

छुट्टाछुट्टै स्थानमा दुईजना मृत फेला

मकवानपुर । दोलखाको कालिञ्चोक गाउँपालिका–८, मलेपुमा एकजना पुरुष मृत फेला परेका छन् । मृत फेला पर्नेमा कालिञ्चोक गाउँपालिका–९ बस्ने ७० वर्षीय जगत नाथ सेंडाई रहेको प्रहरीले जानकारी दिएको छ । सेंडाई घरमा थाहा नदिई हिडेकोमा आइतबार दिउँसो ४ बजको समयमा सोहि स्थान बस्ने बीर बहादुर माझीको घरको पछाडी करेसामा मृत फेला परेको प्रहरीले जानकारी दिएको छ । त्यस्तै धादिङ...