नुवाकोट
चिम्टेश्वर क्षेत्रलाई पर्यटकीयस्थलका रुपमा विकास गरिँदै
चिम्टेश्वर (नुवाकोट) । धार्मिक, ऐतिहासिक, पर्यटकीय र पुरातात्विक महत्वको चिम्टेश्वर क्षेत्रलाई थप विकासित गर्न तीनै तहका सरकारले अग्रसरता देखाएका छन् । राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको एकीकरण अभियानसँग जोडिएको उक्त क्षेत्रमा पूर्वधार र वातावरणीय विकास गरी संरक्षण र प्रवर्द्धन गर्न नरपालिकाले चिम्टेश्वर क्षेत्र विकास समिति ऐन जारी गरी समिति गठन गरेको छ । सो क्षेत्रमा बागमती प्रदेश सरकारले रु पाँच करोडको...
कुखुरालाई दानापानी दिँदै थिए, करेन्ट लागेर बिते
नुवाकोट । नुवाकोटमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बेलकोटगढी नगरपालिका-५ केउरेनी बस्ने २४ वर्षीय प्रदिप राईको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ । आफ्नै कुखुराको फर्ममा कुखुरालाई दानापानी दिने क्रममा बिजुलीको तारबाट करेन्ट लागेर उनी गम्भीर घाइते भएका थिए । उनको अम्बेभरोसा अस्पताल गल्छी धादिङमा उपचारको क्रममा मृत्यु भएको नुवाकोट प्रहरीले जनाएको छ ।...
टिपरको ठक्करबाट एक जनाको मृत्यु
त्रिशूली। नुवाकोटको बेलकोटगढी नगरपालिका–७ मा आज टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको निधन भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । मोटरसाइकलमा यात्रा गरिरहेका नुवाकोटको लिखु गाउँपालिका–१ बोरापानीका नेत्रमान विश्वकर्माको मृत्यु भएको छ भने उनको छोरा निरज घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार ५० वर्षीय नेत्रमानको उपचारका क्रममा त्रिशूली अस्पतालमा निधन भएको हो । उनको छोरा २० वर्षीय निरजको हातखुट्टासहित शरीरको...
आफनै साथीले बोकेको बन्दुक पडकदा एकको मृत्यु
नुवाकोट । आफनै साथीले बोकेको बन्दा पडकदा एकजनाको मृत्यु भएको छ । नुवाकोटको किम्ताङ जंगलमा आफनै साथीले बोकेको भरुवा बन्दुक पडकेर २६ वर्षीय पञ्च घलेको मृत्यु भएको हो । प्रहरी नायव उपरीक्षक खन्द्रबहादुर खड्काका अनुसार म्यागङ गाउंपालिका ४ किम्ताङस्थित होङभङको जंगलमा भरुवा बन्दुकको छर्रा लागेका घलेको मृत्यु भएको हो । उनका अनुसार अनुसार किम्ताङको जंगलमा शिकार खेल्न जंगल गएको बेला अमित...
त्रिशूली नदीले आमाछोरालाई बगायो
नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–३ का संगीता श्रेष्ठ र उनको छोरालाई शनिबार अपराह्न त्रिशूली नदीले बगाएर बेपत्ता बनाएको छ । सात वर्षका छोरा युनिक श्रेष्ठलाई नदीले बगाएपछि बचाउने क्रममा उनकी आमा २८ वर्षीया संगीतालाई पनि नदीले बगाएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी प्रमुख रामप्रकाश शाहले जानकारी दिए । उनका अनुसार वडा नं ३ मैरिटारमा निवासी उनीहरू घर नजिकै ढोडेनीमा...
हेटौंडाको फरेस्ट्रि क्याम्पस नजिकै पुरुषको शव फेला
मकवानपुर । हेटौंडामा एकजना पुरुषको शव फेला परेको छ । सोमबार आज) हेटौंडा उपमहानगरपालिका वडा नं १० स्थित वन विज्ञान अध्ययन संस्थान (फरेस्ट्री क्याम्पस) नजिकै एकजना पुरुषको शव फेला परेको हो । अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो । स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा प्रहरी पुगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।...
श्रीमती हत्याको आरोपमा श्रीमान् पक्राउ
नुवाकोट । प्रहरीले श्रीमती हत्याको आरोपमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लिखु गाउँपालिका–४ चौघडा रानिबास बस्ने ३५ वर्षीय राज कुमार राई रहेका छन् । राजकुमारले घरायसी विवादको कारण शुसिलालाई खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय ढिकुरेबाट खटिएको प्रहरीले घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशुलीमा पठाइएकोमा उपचारको क्रममा शुसिलाको मृत्यु भएको...
राष्ट्रिय फोटो पत्रकार समूह नुवाकोटको ७ सदस्यीय नयाँ कार्यसमिति गठन
नुवाकोट । राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपिजे) नुवाकोटको प्रथम जिल्ला भेलाले ७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । शनिबार फोटो पत्रकार समुहका केन्द्रिय अध्यक्ष राजेन्द्र चित्रकारको प्रमुख आथित्व तथा फोटो पत्रकार समुह नुवाकोटका संयोजक राजेन्द्र गजुरेलको सभापतित्वमा नुवाकोटको बिदुरमा सम्पन्न भेलाले प्रकाश सिलवालको नेतृत्वमा ७ सदस्यीय कार्यसमिति चयन गरिएको हो । यसैगरी समुहको उपाध्यक्षमा हरिशरण भेटुवाल, सचिबमा महेन्द्र...
नुवाकोटमा तास खेलिरहेका ६ जना जुवाडे पक्राउ
काठमाडौं । नुवाकोटमा तास खेलिरहेको अवस्थामा ६ जना जुवाडे पक्राउ परेका छन् । बिदुर नगरपालिका–८ राईसिंह बस्ने दुर्गा अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१३ बस्ने ३८ वर्षीय दिनेश खड्का लगायत ६ जनालाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको हो । जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख २९ हजार ७ सय...
बागमतीका सांसद खतिवडाले गरे त्रिशूली अस्पताललाई अक्सिजनसहितको सिलिण्डर सहयोग
नुवाकोट । पछिल्लो समय दिनानुदिन बढिरहेको कोरोना संक्रमणका बिरामीको अत्यधिक चापसँगै उपचारमा आवश्यक अक्सिजनको समेत अभाव बढ्दै गएपछि बागमती प्रदेशका सांसद तथा नेकपा (माओवादी केन्द्र) नुवाकोटका अध्यक्ष हिरानाथ खतिवडाले जिल्ला त्रिशूली अस्पताललाई अक्सिजनसहितको सिलिण्डर सहयोग गरेका छन्। जिल्ला अस्पताललाई आफ्नै खर्चमा १० थान अक्सिजन सिलिण्डर त्रिशूली अस्पतालका अध्यक्ष अर्जुन न्यौपाने र मेडिकल सुपरिटेन्डेन्ट दीपेन्द्र पाण्डेलाई आइतबार बिहान सांसद खतिवडाले...