चितवन

पाँचौँ पटकको नतिजा पनि पोजेटिभ

चितवन । भरतपुर अस्पतालमा उपचाररत कोरोना भाइरस सङ्क्रमित ६३ वर्षीया एक महिलाको पाँचौँ पटक गरिएको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा गरिएको परीक्षणका क्रममा ती महिलाको पाँचौँ नतिजा पनि पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले जानकारी दिनुभयो । यही वैशाख २४ गते केन्द्रीय प्रयोगशाला पठाइएको नमूनाको नतिजा आज आएको हो । कोरोना सङ्क्रमित...

सामाजिक सुरक्षा भत्ता गाउँ गाउँबाट वितरण

चितवन । चितवनको एकमात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाले सातवटै वडाका गाउँ गाउँमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण शुरु गरेको छ । सामाजिक दूरी कायम गर्दै वडाध्यक्ष ,सचिवलगायत कर्मचारी पुगी भत्ता वितरण गरेका हुन् । भौलिक दृष्टिकोणले दुर्गम रहेका कारण वृद्धवृद्धा वडा कार्यालयसम्म भत्ता लिन आउन कठिनाइ हुने भएकाले गाउँपालिकाले सो भत्ता गाउँ गाउँमै पुगी वितरण शुरु भएको अध्यक्ष गीताकुमारी गुरुङले...

कामदारलाई क्षमता अनुसारको काम

  चितवन । इच्छाकामना गाउँपालिकाले आफ्नो पालिकाभित्र सञ्चालन हुने विकास निर्माणका काममा स्थानीय कामदारलाई प्राथमिकता दिनेभएको छ । अध्यक्ष गीता गुरुङले यसका लागि आफ्नो क्षेत्रमा भएका मजदुरको तथ्याङ्क अद्यावधिक गर्न वडा कार्यालयलाई पत्राचार गरिसकेको जानकारी दिनुभयो । त्यो तथ्याङ्क गाउँपालिकामा आएसँगै आफ्नो क्षेत्रमा के कस्ता र कति कामदार छन् पत्ता लाग्ने भन्दै उहाँले कामदारको क्षमताअनुसार काममा लगाइने जानकारी दिनुभयो...

कार्यकारी निर्देशकमा डा गौतम

काठमाडौँ । चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशकमा डा देजकुमार गौतमलाई नियुक्त गरिएको छ । काठमाडौँमा आज बसेको अस्पताल सञ्चालक समितिको बोर्ड बैठकले उहाँलाई नियुक्ति गरेको बोर्ड सदस्य निशा अधिकारीले जानकारी दिनुभयो । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का कार्यकारी प्रमुख डा प्रदीप ज्ञवालीको संयोजत्वमा गठित सिफारिस समितिले डा गौतमलाई सो पदमा सिफारिस गरेपछि बोर्डले नियुक्त गरेको बोर्ड...

किट नहुँदा चितवनको प्रयोगशाला बन्द

चितवन । कोरोना भाईरस (कोभिड–१९) को जाँचलाई तीव्र बनाउन चितवनमा स्थापना गरिएको कोभिड–१९ परीक्षण प्रयोगशाला किट अभावका कारण विगत एक हप्तादेखि बन्द अवस्थामा रहेको छ । स्वास्थ्य मन्त्रालयसँग कोरोना भाइरस परीक्षण गर्ने किट माग गर्दै आए पनि हालसम्म उपलब्ध हुन नसक्दा प्रयोगशालाको काम नै रोकिएको प्रयोगशालाका प्रमुख डा नितु अधिकारीले जानकारी दिनुभयो । चितवनमा गत चैत २४ गतेदेखि सो...

गैँडाकोटमा जग्गा बाँझो राख्न नपाइने

चितवन । गैँडाकोट नगरपालिकाभित्र जमिन बाँझो राख्न नपाइने भएको छ । बाँझो जमिनमा आफूले खेती नगरेमा खेती गर्न चाहनेका लागि सो जमिन नगरपालिकामार्फत मल, बीउसहित उपलब्ध गराइने भएको छ । नगरपालिकाका प्रमुख छत्रराज पौडेलले जमिन हुनेले बाँझो राख्ने र नहुनेले खेती गर्न नपाउने भएपछि नयाँ निर्णय गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “हामी जग्गाधनीलाई सार्वजनिक सूचना जारी गरेर...

उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण

चितवन । पुरानो मेडिकल कलेजको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएकाको स्वाब परीक्षण गरिने भएको छ । दम, उच्च रक्तचाप र ज्वरो आएर उपचारका लागि आएकी रुपन्देही जिल्ला घर भई हाल खैरहनी नगरपालिका–१२ बस्ने ६० वर्षीया उमादेवी विकको उपचारका क्रममा मङ्गलबार राति मृत्यु भएको थियो । अस्पतलामा विकको मृत्यु भएपछि कोरोना भाइरसको आशङ्कामा स्वाब सङ्कलन गरी काठमाडौँ पठाउने तयारी गरिएको...

मुख्यमन्त्री पौडेलले गरे दासढुङ्गा अवलोकन

चितवन । तत्काली एमालेका महासचिव मदन भण्डारी र जीवराज आश्रितको रहस्यमय जीप दुर्घटनामा मृत्यु भएको स्थान दासढुंगाको बागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेलले अवलोकन गरेका छन् । मुख्यमन्त्री पौडेलले दासढुंगा क्षेत्रलाई राजनीतिक तीर्थस्थलको रुपमा कसरी विकास गर्न सकिन्छ भन्नेबारे जिल्लाका सरोकारवालासँगै छलफल र स्थलगत अनुगमन गरेका हुन् । भण्डारी र आश्रितको मृत्यु भएको झण्डै २७ वर्ष पुग्नै लाग्दासमेत यो...

चन्द समूहका नेता विरही पक्राउ

चितवन । प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका पोलिटव्यूरो सदस्य अनिल शर्मा विरहीलाई प्रहरीले अस्पतालबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार आज दिउँसो विरही पुरानो मेडिकल कलेजमा उपचारका क्रममा पक्राउ परेका हुन् । प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार रमेश रिजालको नामबाट टिकट काटेर स्वास्थ्य परीक्षण गर्दैगर्दा उनी पक्राउ परेका हुन् । उनलाई सोही मेडिकल कलेजमा निगरानीमा राखेर...

सावधानी अपनाउँदै स्थानीय तहले थाले विकास निर्माण

चितवन । हरेक वर्षको विकास निर्माणका काम गर्ने मुख्य समयमा लकडाउन शुरु भएपछि रोकिएका कामलाई यहाँका स्थानीय तहले निरन्तरता दिन थालेका छन् । उच्च सावधानी अपनाउँदै पालिकाहरुले सहजीकरण गरेर काम शुरु गरेका हुन् । भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमराज जोशीका अनुसार महानगरपालिकाले आवश्यक सहजीकरण गरेर विकास निर्माणको काम अगाडि बढाएको छ । महानगरपालिकामा सडक कालोपत्र, ग्राभेल, ढल निर्माण,...