उपत्यका

काठमाडौँ विश्वकै नवौँ प्रदूषित शहर

    काठमाडौँ– नेपालको संघीय राजधानी काठमाडौँ विश्वकै प्रदूषित शहरको नवौँ नम्बरमा परेको छ । वायुको गुणस्तर मापन गर्ने युरोपेली संस्था आइक्युएयरको लाइभ अपडेटमा पाकिस्तानको लाहोर विश्वकै प्रदूषित शहरको पहिलो नम्बरमा छ । त्यहाँ वायु गुणस्तर सूचकांक पिएम–२.५ (पार्टिकुलेट म्याटर)को मात्रा प्रतिघन्टा ४०७ माइक्रोग्राम प्रतिघनमिटर छ । जुन घातक हो । नेपालमा पनि यो सूचकांक पाँच सयसम्म नाघ्ने गरेको छ...

स्टाफ नर्स बेलायत पठाउने तयारी

  काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले सरकारले बेलायतमा रोजगारीका लागि १० हजार स्टाफ नर्स पठाउने तयारी भएको जानकारी दिएका छन् । उनले नेपालमा बेरोजगार अवस्थामा रहेका स्टाफ नर्स पठाउनका लागि सम्झौताको तयारी गरिरहेको जानकारी दिए। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले बेलायतजस्ता अन्य आकर्षण सुरक्षित गन्तव्य देशको पनि खोजी गरिरहेको जानकारी दिए । उनले भने, नेपालीका...

संघीय निजामती कानुनमा अझै जालझेल

काठमाडौं। सरकारी अधिकारीहरूको अकर्मण्यताका कारण मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुृख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा ऐन आउन सकेको छैन । प्रतिनिधि सभामा पेस भइसकेको संघीय निजामती सेवा विधेयकलाई पारित गर्नुको साटो सरकारले उल्टै फिर्ता लिएर संघीय निजामती कानुन तत्कालका लागि ल्याउने बाटो अवरुद्ध गरेको हो । सरकारले दूरगामी महत्वको यो कानुन संसद्लाई छलेर अध्यादेशमार्फत ल्याए त्यसले प्रशासन सुधारमा...

सुस्ताएको सुरुङमार्गमा काठमाडौं सीडीओको छड्के

काठमाडौं। सबैतिर चासो भए पनि नेपालको पहिलो सुरुङ मार्ग आयोजना नागढुंगा सुरुङ मार्ग अहिले सुस्ताएको अवस्थामा छ । कुनैबेला यो आयोजनाले निकै गति लिएको थियो तर एकाएक आयोजनाको निर्माण कार्य कछुवाको गतिजस्तै भएपछि शुक्रबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी ९सीडीओ० गोविन्द रिजाललगायतको सरकारी उच्च टोलीले आयोजना स्थल पुगेर आकस्मिक छड्के मात्रै गरेनन्, सो आयोजना छिटोभन्दा छिटो सक्न आयोजनाका कर्मचारीहरूलाई निर्देशनसमेत...

अझै दलित र गैरदलितबीच भेदभाव

काठमाडौं। साँफेबगर, अछाम पानीको मुहान एउटै, गाउँ र टोल पनि एउटै तर खानेपानीको धारा भने जातका आधारमा फरक फरक । एकै मुहानमा तीन कुवा छन्, एउटा क्षत्री समुदायको कुँवर जातिले प्रयोग गर्छन् । अर्को कुवा दलित समुदायको विश्वकर्मा जातिले प्रयोग गर्छन् । यसैगरी, अर्को छेउको कुवा दलित समुदायकै आउजी अर्थात् परियार जातिले प्रयोग गर्दै आएका छन् । तीनै कुवाको...

डिसेम्बरसम्म अनुमोदन नभए एमसिसी फिर्ताः अमेरिका

काठमाडौं। अमेरिकाले नेपाललाई दिने भनेको ५० करोड डलरको सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) फिर्ता लैजाने तयारी गरेको छ। नेपाल भ्रमणमा रहेका मध्य तथा दक्षिण एसिया मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसँगको शिष्टाचार भेटमा एमसिसी छिटो अनुमोदन गराउन आग्रह गर्दै नभए फिर्ता लैजाने बताएका हुन्। लुले अन्य मुलुकले...

एसईई मूल्याङ्कन कस्दैः न्यूनतम ३५ प्रतिशत ल्याउनैपर्ने

काठमाडौं। माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सैद्धान्तिकतर्फ न्यूूनतम ३५ प्रतिशत र प्रयोगात्मकतर्फ ४० प्रतिशत अङ्क ल्याउन नसक्ने विद्यार्थीले माथिल्लो कक्षा पढ्न नपाउने व्यवस्था गर्न लागिएको छ । एसईईमा अहिले भइरहेको व्यवस्थाअनुसार सैद्धान्तिक र आन्तरिक मूल्याङ्कन दुवैतर्फको प्राप्ताङ्कलाई जोडेर नतिजा प्रकाशन गर्ने गरिएको छ । सैद्धान्तिकमा थोरै अङ्क ल्याए पनि आन्तरिक मूल्याङ्कनमा विषय शिक्षकले दिने उच्च अङ्कका कारण परीक्षार्थीको समग्र...

छ महिनाभित्र चार्जिङ स्टेसन

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले गत वर्ष निर्माण सुरु गरेको ५० वटा चार्जिङ स्टेसन छ महिनाभित्र सम्पन्न गरिने भएको छ । प्रमुख राजमार्गका ३२ स्थानमा ५० वटा चार्जिङ स्टेसन निर्माण भइरहेका छन् । प्राधिकरणले विद्युतीय सवारी साधनका लागि चार्जिङ स्टेसन निर्माण गरिएको हो । प्राधिकरणका अनुसार स्टेसन रहने स्थानको पहिचान गरिएको छ । चार्जर मेसिन खरिदको सम्झौता भइसकेको छ ।...

सञ्चयकर्तालाई ५० लाखसम्म सापटी

काठमाडौं। कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई जग्गा खरिदका लागि सापटी प्रदान गर्न सुरु गरेको छ । कोषले सञ्चयकर्ताको सामाजिक सुरक्षालाई दृष्टिगत गरी आवासको व्यवस्था सुनिश्चित गर्न यो सेवा सुरु गरेको हो । सरकारले बजेटमार्फत राष्ट्र सेवक कर्मचारीहरूलाई कर्मचारी सञ्चयकोषमार्फत सहुलियत कर्जा उपलब्ध गराउने घोषणा गरेको थियो । यो सापटीको सुविधा कोषमा एक वर्ष वा सोभन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले...

काठमाडौंको माइती घर मण्डलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गयो

काठमाडौं – काठमाडौंको माइती घर मण्डलामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । गएराति दुई बजे वाग्मती प्रदेश ०२–०२४ प ६७७१ नम्बरको मोटरसाइकल माइती घर मण्डलामा रहेको जेब्राक्रस नजिकै पल्टिएको हो । दुर्घटनामा मोटरसाइकलको पछाडि बस्ने काभ्रेका २१ वर्षका रोमन मल्लिकारको ज्यान गएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार मोटरसाइकल पल्टिँदा मल्लिकार सडकपेटीमा ठोक्किनु भएको थियो । उहाँको...