उपत्यका

बसले ठक्कर दिँदा पठाओ चालक र यात्रुको मृत्यु

  काठमाडौं –पठाओ स्कुटर दुर्घटना हुँदा काठमाडौंको कलंकीमा चालक र यात्रु दुवैको मृत्यु भएको छ । मंगलबार साँझ पौने ५ बजे कलंकीको सीता पेट्रोल पम्पनजिकै सो दुर्घटना भएको थियो । ओम जनता यातायातको बसले पठाओ स्कुटरलाई ठक्कर दिँदा दुर्र्घटना भएको र दुवैजनाको मृत्यु भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । मुत्यु हुनेमा स्कुटरचालक धादिङ घर भई अहिले थानकोट...

बन्द गराउँदै हिँडेका विप्लव समूहका ६ जना कार्यकर्ता पक्राउ

काठमाडौं – नेपाल बन्द गराउँदै हिँडेका नेपाल कम्युनिष्ट पार्टी (विप्लव समुह) का ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । साँखु र महाराजगञ्जबाट ६ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता (एसपी) रमेश कुमार बस्नेतले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा विप्लव समूहका काठमाडौं जिल्ला सदस्य रामकृष्ण गिरी, भुवन तामाङ र सुकबहादुर तामाङ सहित ६ जना छन् । पेट्रोलिय पदार्थमा...

मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गयो

काठमाडौं – भक्तपुरको चारदोबाटोमा बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको ज्यान गएको छ । वाग्मती प्रदेश ०३– ०२७ प २३२ ५३ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर सडकमा राखिएको डिभाइडरमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका चालक सिन्धुपाल्चोक घर भइ भक्तपुरको लोकन्थली बस्ने २९ वर्षका प्रदीप कार्कीको मध्यपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो...

बिहान १० देखि साँझ ५ बजेसम्म लाइसेन्सको आवेदन भर्न नपाइने

काठमाडौँ — सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लागि फारम भर्न अनलाइन प्रणालीमा अधिक चाप परेको भन्दै यातायात व्यवस्था विभागले एक हप्ताका लागि कार्यालय समयमा आवेदन लिन बन्द गरेको छ । विभागले एक हप्ताका लागि १० बजेदेखि साँझ ५ बजेसम्म आवेदन लिन बन्द भएको जनाएको छ । अधिक चापले गर्दा यातायात व्यवस्था कार्यालयहरुबाट हुने दैनिक सवारी चालक अनुमतिपत्र सम्बन्धी कार्यमा...

शान्तिपूर्ण आन्दोलनमा सर्वोच्च र प्रहरी हस्तक्षेप प्रति पत्रकार महासंघ ध्यानाकर्षण

काठमाडौं।नेपाल पत्रकार महासंघले सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बार एसोसिएसनले गरेको शान्तिपूर्ण आन्दोलनमा सर्वोच्च अदालत र प्रहरी प्रशासनबाट हस्तक्षेप भएकोप्रति चिन्ता व्‍यक्त गरेको हो । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल बार एसोसिएसनले गरेको शान्तिपूर्ण आन्दोलनमा सर्वोच्च अदालत र प्रहरी प्रशासनबाट हस्तक्षेप भएकोप्रति पनि महासंघको ध्यानाकर्षण भएको छ । यसै विषयलाई लिएर सर्वोच्च अदालतमा देखिएको गतिरोधप्रति महासंघ गम्भीर चासो र चिन्ता...

कोरानाविरुद्धको कोभ्याक्स भ्याक्सिन आइतबारदेखि शनिबारसम्म लगाइँदै

काठमाडौँ — नेपाल सरकारले आइतबारदेखि एक सातासम्म १७ वर्षमाथिका उमेर समूहलाई र दीर्घ रोग भएकालाई कोरानो विरुद्धको खोप फाइजर लगाउन सुरु गरेको छ । यो भ्याक्सिन अमेरिकी सरकारको कोभ्याक्स अन्तर्रगतको सहयोगमा नेपाललाई प्रदान गरेको हो । यो भ्याक्सिन अशक्त र दीर्घ रोग भएका व्यक्तिहरूलाई पनि लगाइन्छ। डाइबेटिज, उच्च रक्तचाप, मिर्गौला, मुटु र फोक्सोमा समस्या भएका अंग प्रत्यारोपण गरेका र...

नेप्सेको प्रमुख कार्यकारीका लागि ११ जनाको आवेदन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृतका लागि ११ जनाले आवेदन दिएका छन् । नेप्सेका तत्कालीन प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउद सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणपछि मुछिएपछि राजीनामा दिएका थिए । रिक्त उक्त पदका लागि आइतबारसम्म आवेदन दिन मिल्ने थियो । तोकिएको समयभित्र ११ जनाले आवेदन दिएका छन् । अर्थ मन्त्रालयका प्रवक्ता रितेश शाक्यकाअनुसार डा।...

एयर गनसहित एकजना पक्राउ

काठमाडौं । काठमाडौंबाट एयर गनसहित एकजना पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–११, थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई एक थान एयर गनसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो । नाथले कोठामा अवैध हातहतियार लुकाइराखेको सूचनापछि महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कोठा तलासी गर्दा उक्त हतियार फेलापारी उनलाई पक्राउ गरेको जनाइएको छ ।

काठमाडौंको ग्वार्को चोकमा दुर्घटनामा हुँदा एक जनाको ज्यान गयो

काठमाडौं – काठमाण्डौको ग्वार्को चोकमा भएको दुर्घटनामा एक जनाको ज्यान गएको छ । इमाडोल सडक खण्डमा वाग्मती प्रदेश ०२–०२६ प ८१५५ नम्बरको स्कुटर पल्टिँदा चालक ललितपुरको लामाटार बस्ने ३७ वर्षका विनोद बुढाथोकीको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। स्कुटर अनियन्त्रित भएर आफैँ पल्टियो वा अन्य गाडीले ठक्कर दियो भन्नेबारे अनुसन्धान भइरहेको छ।

पाँच लाख रूपैयाँसहित आठ जुवाडे पक्राउ

काठमाडौं । काठमाडौंको गैरीगाउँस्थित जुवाको खालबाट पाँच लाख रूपैयाँसहित आठ जनालाई प्रहरीले पक्राउ गरेको छ । स्थानीय नवराज पौडेलको तरकारी लगाउने भाडाको जग्गामा टहरा बनाई बसेको स्थानमा पैसाको हारजित हुने गरी कौडा खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए । कौडा खेलिरहेको भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत बौद्धबाट परिचालित प्रहरी...