उपत्यका

असारभित्रै पार्टी एकताको काम सकिन्छ : अध्यक्ष दाहाल

काठमाडौँ। नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताका क्रममा तीन महीनाभित्र टुङ्ग्याउने भनिएको एकता प्रक्रिया विभिन्न कारणले ढिलाइ भए पनि असारभित्रै सम्पन्न गरिने विश्वास दिलाउनुभयो । उहाँले पार्टी एकताको कामलाई टुङ्गो लगाएर पार्टीलाई नयाँ गति दिने र जनताका बीचमा जाने गरी नीति कार्यक्रम तथा योजनासमेत तय गरिने स्पष्ट पार्नुभयो । अध्यक्ष दाहालले भन्नुभयो, “हामीले ठूलो आँट गरेर पार्टी एकता...

सरकारका सकारात्मक कामलाई जनतामाझ लैजानुस् : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका सकारात्मक काम कारवाहीलाई जनताका माझमा लैजान सांसदहरुलाई निर्देशन दिनुभएको छ । नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० संसदीय दलको बैठकलाई आज सङ्घीय संसद् भवन नयाँबानेश्वरमा सम्बोधन गर्दै उहाँले सरकार जनअपेक्षाअनुसार नै अगाडि बढिरहेको भए पनि जनताका बीचमा पुग्न नसकेको भन्दै प्रभावकारी रुपमा प्रचार गर्न निर्देशन दिनुभएको हो । नेकपा संसदीय दलका नेतासमेत रहनुभएका प्रधानमन्त्री...

नेपाल वायु सेवा निगम ३७ अर्ब घाटामा, किन घाटामा गयो भन्दै प्रधानमन्त्रीले गरे प्रश्न

काठमाडौं । नेपालको पहिलो एयरलाइन्स नेपाल वायु सेवा निगमले आफ्नो स्थापनाकालको ६० औं वर्ष पूरा गरेको छ । सोही अवसरमा निगमले सोमबार राजधानीमा एक विशेष समारोहको आयोजना गरेको छ। समारोहको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले निगमले व्यवस्थापनलाई तत्काल सुधार गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले निजी विमान कम्पनीहरु सबै नाफामा जाने तर सरकारी विमान कम्पनी मात्र निरन्तर घाटामा जानुको...

महिलाको दिउँसै घाँटी रेटेर विभत्स हत्या

काठमाडौँ । भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको पछाडि आइतबार दिउँसो एक महिलाको घाँटी रेटेर हत्या गरिएको छ । ज्वाइँको घरमा बस्दै आउनुभएकी ६० वर्षीया सावित्री भट्टराईको घाँटी रेटेर हत्या भएको भक्तपुर महानगरीय प्रहरी परिसरका प्रमुख एवं प्रहरी उपरीक्षक सवीन प्रधानले जानकारी दिनुभयो । ज्वाइँ सोनाम थापा मगरको नयाँ बनेको ढेडतले घरमा बस्दै आउनुभएकी भट्टराईको हत्या भएको हो...

विवादित जग्गामा नक्साबिनै भवन

मकवानपुर र काठमाडौं । त्रिभुवन विश्वविद्यालयसँगको जग्गा विवाद सर्वोच्च अदालतबाट नटुंगिँदै हेटौंडामा नक्सा पास नगरी कृषि तथा वनविज्ञान विश्वविद्यालय (एएफयू) को भवन बनाउन थालिएको छ । विवादका कारण अवरुद्ध भवन निर्माण कार्यका लागि शनिबार प्रहरी परिचालन गरी पुनः सुरु गरिएको हो । त्रिविसँगको जग्गा विवादकै बीच प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले करिब १० करोड लागतको पाँचतले भवन असार ९ गते...

सर्वोच्चद्वारा सांसदलाई ६ करोड दिनुको कारण माग

काठमाडौँ। सांसदले खर्च गर्न पाउने गरी सरकारले विनियोजन गरेको बजेटविरूद्ध परेको रिटमा संवैधानिक इजलासले कारण देखाउ आदेश जारी गरेको छ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण माग गरेको जानकारी दिए । सांसदले खर्च गर्न पाउने गरी सरकारले सांसद्का लागि विनियोजनको गरेको रकमविरूद्ध परेको रिटको सुनुवाइ गर्दै संवैधानिक इजलासले कारण माग गरेको हो । नीति–नियम निर्माणमा सक्रिय हुनुपर्ने...