अन्तराष्ट्रिय

चिनियाँ अर्थतन्त्र ओरालो लाग्यो

झेङझाउ । बिग्रिँदै गएको आर्थिक असन्तुलनसँगै चीनको अर्थतन्त्र निरन्तर ओरालो लागेको छ । गत मे महिनाका निराशाजनक तथ्याङ्कले यही देखाउँछन् । न्यून खुद्रा व्यापार, निर्यातमा ह्रास र सुस्त औद्योगिक उत्पादनले अवरुद्ध भएको आर्थिक पुनरुत्थानलाई संकेत गर्दछ । मे महिनामा चीनको खुद्रा बिक्री तीन दशमलव एक प्रतिशतले बढ्यो जुन अघिल्लो महिना १२ दशमलव सात प्रतिशत थियो । औद्योगिक उत्पादनमा झिनो...

भारतमा अर्को वर्ष हुने आमचुनावमा मोदीविरुद्ध रणनीति बनाउन २६ दल एकै ठाउँमा

काठमाडौं । भारतमा अर्को वर्ष हुने आमचुनावमा नरेन्द्र मोदीविरुद्ध रणनीति बनाउन २६ वटा विपक्षी दल एकै ठाउँमा जुटेका छन् । दक्षिणी राज्य कर्नाटकको बैङ्गलुरुमा बसेको संयुक्त बैठकमा कुन दलले कति सिटमा प्रतिस्पर्धा गर्ने र साझा न्यूनतम कार्यक्रमका विषयमा छलफल गरेको छ । हिजोको बैठकमा कांग्रेस आईकी सोनिया गान्धी र दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललगायका शीर्षस्थ विपक्षी नेता सहभागी थिए ।...

कोरियामा भीषण बाढी, पचास जनाको मृत्यु

सोल । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ५० जनाको मृत्यु भएको छभने अन्य ७ जना बेपत्ता भएका छन् । आज बिहान डुबेको बसबाट त्यसका चालक सहित चार जनाको शव निकालिएको थियो । सरकारी अधिकारीका अनुसार उत्तरी ग्याङसङ प्रान्तमा २१ र मध्यचुङचेङ प्रान्तमा १९ जनाको मृत्यु भएको हो । ग्याङसङ प्रान्तमा चौतीस जना घाइते भएका छन्...

अमेरिकासहित पाँच देश प्राकृतिक प्रकोपको चपेटामा

न्युयाेर्क । जलवायु परिवर्तनले विश्वभर तहसनहस बनाएको छ । यसका कारण अमेरिका, चीन, दक्षिण कोरिया, जापान, स्पेनमा प्राकृतिक प्रकोप बढेको छ । दक्षिण कोरियामा भारी वर्षाका कारण आएको बाढी पहिरोमा परी ३ दिनमा ४० जनाको मृत्यु भएको छ । अमेरिकाको अलास्कामा भूकम्पको धक्का महसुस भएको छ भने क्यालिफोर्नियाको तापक्रम ५४ डिग्री सेल्सियस पुगेको छ । आँधीका कारण अमेरिकाभर २६...

कोरियामा भीषण बाढी, तेत्तीस जनाको मृत्यु

सोल । दक्षिण कोरियामा गत साताको भारी वर्षा र बाढीका कारण ३३ जनाको मृत्यु भएको छभने अन्य १० जना बेपत्ता भएका छन् । सरकारी अधिकारीहरूका अनुसार उत्तरी ग्याङसङ प्रान्त र मध्य चुङचेङ प्रान्तमा उनीहरूको मृत्यु भएको हो । पछिल्ला दिनमा लगातार परेको वर्षाले देशभरका अधिकांश भूभाग डुबानमा परेका छन् । गत साता ५०० मिलिमिटरभन्दा बढी वर्षा भएको अभिलेख गरिएका...

भारतमा हाइ टेन्सन लाइनको करेन्टमा परी पाँच कावरियाँको मृत्यु

नयाँ दिल्ली। उत्तर प्रदेशको मेरठमा काँवरियाकाे डिजेले हाई टेन्सन लाइनमा छुदाँ ठूलो दुर्घटना भएको छ । हरिद्वारबाट काँवडसहित आएको डिजे हाई टेन्सन लाइनसँग ठोक्किदाँ ५ काबरियाको मृत्यु भएको हो । साथै, करिब एक दर्जन जलेर घाइते भएका छन् । मेरठका डीएम दीपक मीनाले सो मृत्युको पुष्टि गरेका छन्। घटनापछि आक्रोशित मानिसहरूले फोर्ट रोड अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका छन् ।...

पञ्जाबका १४ जिल्ला बाढीकाे चपेटामा, २२ हजारभन्दा बढी मानिस घरबार छाड्न बाध्य

चण्डीगढ। पञ्जाबमा भारी वर्षा र बाढीका कारण हालसम्म २२ हजार मानिसले आफ्नो घर छाड्नु परेको छ । सरकार र प्रशासनले ती मानिसहरूलाई सुरक्षित स्थानमा पुर्‍याएको छ। सरकारका अनुसार हालसम्म १४ जिल्लाका ११ सय ७९ गाउँ बाढीबाट प्रभावित भएका छन् । हाल, बाढीको प्रकोपको सामना गर्ने १४ जिल्लाहरूमा पटियाला, जालन्धर, कपुरथला, पठानकोट, तरनतारन, फिरोजपुर, फतेहगढ साहिब, फरीदकोट, होशियारपुर, रूपनगर, मोगा,...

नौसेनाको शक्ति बढाउन भारतले फ्रान्ससँग २६ राफेल युद्दक बिमान खरिद गर्ने

नयाँदिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने फ्रान्स भ्रमणवाट फर्केका छन । यो भ्रमण दुवै देशका लागि निकै महत्वपूर्ण मानिएको छ । यस भ्रमणका क्रममा दुई देशबीच विभिन्न परियोजनामा ​​सम्झौता भएका छन, जसअनुसार अब भारत सरकारले भारतीय नौसेनालाई नवीनतम पुस्ताको लडाकु विमानले सुसज्जित गर्न राफेल मरीन छनोटको घोषणा गरेको छ। भारतीय नौसेनाका ३६ राफेल युद्ध बिमानहरू पहिले नै...

५९ वर्षमा आठौं पटक पिता बने बेलायतका पूर्वप्रधानमन्त्री जोनसन

लन्डन । बेलायतका पूर्वप्रधानमन्त्री बोरिस जोनसन फेरि पिता बनेका छन् । उनकी श्रीमती क्यारी जोनसनले गत हप्ता छोरालाई जन्म दिएकी छिन् । क्यारीले इन्स्टाग्राममा यो जानकारी दिएकी हुन् । क्यारीले भने कि दम्पतीको तेस्रो सन्तान र पूर्व नेताको आठौं सन्तान जुलाई ५ मा जन्मिएको थियो। क्यारी जोन्सनले आफ्नो इन्स्टाग्राम पेजमा आफ्नो बच्चाको काखमा तस्बिर राख्दै लेखेकी छिन्, “संसारमा स्वागत...

डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु

ढाका । बङ्गलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु भएको छ । मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो । मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ । यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो । हाल डेङ्गु सङ्क्रमितको...