मकवानपुर

इन्स्पेक्टर मधु थापा बने उत्कृष्ट प्रहरी

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा कार्यरत प्रहरी निरीक्षक मधुकुमार थापालाई ३ नं प्रदेश प्रहरी कार्यालय हेटौंडाले उत्कृष्ट प्रहरी घोषणा गरेको छ । माघ महिनामा विभिन्न अपराध नियन्त्रण, लागूऔषध कारोवार तथा ओसार पसार नियन्त्रणमा प्रभावकारी काम गरेको भन्दै निरीक्षक थापालाई प्रदेशभित्रको उत्कृष्ट प्रहरी घोषणा गरिएको जनाइएको छ । प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दिपक थापाद्वारा जारी पत्रमा...

भीमफेदीको किसेडी देखि कैलाशको घैराङ्ग जोड्ने सडक उद्घाटन

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं १ किसेडी, देउरालीदेखि वडा नं ९ स्यार्से हुँदै कैलाश–९, घैराङ्ग जोड्ने सडकको शुक्रबार उद्घाटन गरिएको छ । नेपाली कांग्रेस साविक नामटार सभापति रामकृष्ण थापाको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमुख आतिथ्यतामा सडक उद्घाटन तथा सम्मान कार्यक्रम भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि डिनाले विकास निर्माण कार्यमा कम्युनिष्टले...

हेटौंडामा स्ववियु निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला सम्पन्न

प्रदेश नं ३, मकवानपुर । यही फागुनमा हुने भनिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचनलाई लक्षित गर्दै हेटौंडामा दुई विद्यार्थी संगठनको संयुक्त आयोजनामा अगुवा कार्यकर्ता भेला सम्पन्न भएको छ । अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) मकवानपुरको संयुक्त आयोजनामा शुक्रबार हेटौंडामा निर्वाचन केन्द्रित अगुवा कार्यकर्ता भेला सम्पन्न भएको थियो । भेलामा अनेरास्ववियुका केन्द्रीय उपाध्यक्ष महेश बर्तौला, अनेरास्ववियुुका क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष विजय गौतम,...

विषादी प्रयोग रोक्न जुट्यो ३ नंबर प्रदेश सरकार

मकवानपुर । कृषि उत्पादनमा विषादीको अत्याधिक प्रयोग भइरहेको र उत्पादनमा समेत ह्रास आउन थालेको भन्दै ३ नम्बर प्रदेश सरकारले विशेष कार्यक्रम सञ्चालन गरी त्यसको रोकथाम गर्न पहलकमदी सुरु गरेको छ । प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले माटो परीक्षण प्रयोगशाला स्थापना तथा मोबाइल भ्यान सञ्चालनदेखि विषादी अवशेष प्रयोगशाला स्थापनासम्मको योजना बनाएर काम सुरु गरेको छ । कृषि उत्पादन...

मकवानपुरका ४ स्थानीय तहको केन्द्र परिवर्तन

मकवानपुर । मकवानपुरका चार स्थानीय तहको केन्द्र परिवर्तन गरिएको छ । सरकारले मकवानपुरको बागमती गाउँपालिका, बकैया गाउँपालिका, मनहरी गाउँपालिका र राक्सिराङ गाउँपालिकाको केन्द्र परिवर्तन गरेको खबर आजको हेटौंडा सन्देश दैनिकले पहिलो पृष्ठमा छापेको छ । बागमतीको साविक केन्द्र फापरबारी तोकिएको थियो भने हाल वडा–४ झुरझुरे राखिएको छ । बकैयाको केन्द्र सरकारको हात्तीसुँढे तोकेको छ । बकैयाको पहिला छतिवन गाविस...

संचारकर्मी मनोहर ढकालको हत्याका आरोपी दुई युवक थुनामा

मकवानपुर । संचारकर्मी मनोहर ढकालको हत्या गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले २ युवकलाई पुर्पक्षका लाग थुनामा राख्ने आदेश जारी गरेको छ । उक्त घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका ४ जनालाई अदालतले धरौटी लिई तारेखमा छोड्ने आदेश गरेको छ, स्थानीय समृद्ध समाज दैनिकले समाचार छापेको छ । जिल्ला न्यायाधीश ध्रुवकुमार पियाको बिहीबार बसेको इजलाशले हेटौंडा ११ नवलपुरका ४२ वर्षीय...

मामाघरका भान्जाहरुबीच केक काटेर मनाइयो ‘भ्यालेन्टाइन डे’

मकवानपुर । हेटौंडामा अनौठो किसिमले भ्यालेन्टाइन डे (प्रेम दिवस) मनाइएको छ । हेटौंडा क्याम्पसमा स्नातक प्रथम वर्षमा अध्ययनरत विद्यार्थीको समुहले लामो समयदेखि सडक बालबालिकामुक्त मकवानपुर बनाउने अभियानमा सक्रिय मामाघर नेपालमा आश्रित भान्जाहरुबीच केक काटेर भ्यालेन्टाइन डे मनाएका हुन् । फरक ढंगले प्रेम दिवस मनाउने उद्देश्यले मामाघरका भान्जाहरुबीच खुसी साटासाट गरिएको विद्यार्थी अभि मैनालीले बताए । समुहले भान्जाहरुलाई खाद्यान्न एवं...

शहीदहरुको सम्झनामा हेटौंडामा दीप प्रज्वलन्

मकवानपुर । २४ औं जनयुद्ध दिवसको अवसरमा जनयुद्ध र जनआन्दोलनका शहीदहरुको सम्झनामा हेटौंडामा दीप प्रज्वलन् गरिएको छ । अनेरास्ववियु मकवानपुर र अनेरास्ववियु क्रान्तिकारी मकवानपुरको संयुक्त आयोजनामा आज (वुधबार) साँझ हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन् गरिएको हो । अनेरास्ववियुका केन्द्रीय सदस्य सन्तोष पौडेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अनेरास्ववियु क्रान्तिकारीकी केन्द्रीय सदस्यहरु पविना लामा, प्रभा विक, स्ववियु मकवानपुर बहुमुखी क्याम्पसका सभापति कुमार...

नेकपा मकवानपुरले मनायो २४ औं जनयुद्ध दिवस

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मकवानपुरले बृहत सभाको आयोजना गर्दै २४ औँ जनयुद्ध दिवस मनाएको छ । जनयुद्ध दिवसको अवसरमा नेकपा मकवानपुरले १ सय १४ जनालाई सम्मान गरेको छ । नेकपा मकवानपुरले शहीद, घाइते तथा बेपत्ता परिवारका १ सय १४ जनालाई दोसल्ला ओढाएर सम्मान गरेको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवम् नेकपाका केन्द्रीय सदस्य केदार न्यौपानेले अब...

जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुखमा मुकेशकुमार सिंह

मकवानपुर। जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रमुखको रुपमा प्रहरी प्रधान कार्यालयले दंगा नियन्त्रण प्रहरी गण हेटौंडामा कार्यरत प्रहरी उपरीक्षक (एसपी) मुकेशकुमार सिंहलाई पठाएको छ । मकवानपुरका एसपी बुद्धिराज गुरुङ एसएसपीमा बढुवा भएपछि प्रहरी प्रधान कार्यालयले सिंहलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पठाएको हो । प्रहरी प्रधान कार्यालयले सिंहसहित १२ जना प्रहरी एसपी को एकैसाथ काज सरुवा गरेको छ । एसपीबाट एसएसपी...