कला/साहित्य

‘शिरिषको फूल’ नाटक पोखरामा मञ्चन हुँदै

पोखरा । मदन पुरस्कार विजेता उपन्यास शिरिषको फूललाई नाटकमा देखाउन लागिएको छ । बिहीबार पोखरा थियटरको गन्धर्व नाटकघरमा नाटक मञ्चन गर्न लागिएको हो । २७ चैतसम्म मञ्चन हुने नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नेछन् । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा हरेक दिन साँझ ५ बजे नाटक मञ्चन हुन लागेको आयोजकले जनाएको छ । शनिबार भने दिउँसो १ बजे पनि देखाइने...

थुनछेक बहसका लागि पल शाहलाई नवलपुर लगियो

तनहुँ । नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका नायक पल शाहलाई नवलपुर लगिएको छ । तनहुँ कारागारबाट थुनछेक बहसका लागि नवलपुर लगेको कारागारका निमित्त प्रमुख नारायण अधिकारीले बताए । मंगलबार विहान ७ बजे पछाडी कारागारको टोलीले उनलाई नवलपुर लगेको हो । नवलपुर अदालतले बयान र थुनछेक बहसका लागि उपस्थित गराउन पत्राचार गरेपछि पठाएको उनको भनाइ छ । ‘अदालतको...

१४ वर्षपछि स्क्रिन सेयर गर्दै विनय र नम्रता

काठमाडौं। नेपाली फिल्म ‘ग्रहण’ बन्ने घोषणा गरिएको छ । डेब्यु निर्देशक राजीव गुरुङको निर्माण तथा निर्देशनमा बन्ने फिल्मको सिक्किमस्थित गान्तोकमा सूचना तथा जनसम्पर्क मन्त्री लोकनाथ शर्माको प्रमुख अथित्यतामा भएको कार्यक्रमबीच घोषणा गरिएको हो । घोषणा समारोहमा फिल्मको टाइटलसँगै कलाकारसमेत सार्वजनिक गरिएको छ । फिल्ममा विनय श्रेष्ठ, नम्रता श्रेष्ठ, सारुक ताम्राकार लगायतको अभिनय रहनेछ । ‘सानो संसार’ रिलिजको १४ वर्षपछि...

दर्शकप्रति विश्वस्त अनमोल केसी

काठमाडौं । अभिनेता अनमोल केसीले नेपाली फिल्म ‘ए मेरो हजुर ४’ स्तरीय बनेको बताउदै दर्शकप्रति विश्वस्त रहेको बताएका छन् । अनमोलले नेपाली फिल्म पछिल्लो समय स्तरीय बनिरहेको प्रतिक्रिया दिँदै भने, ‘तपाईहरूलाई फिल्म हेर्ने र नहेर्ने अधिकार छ । हामीले पनि नाक खुम्च्याउनुपर्ने फिल्म बनाएका छैनौ । म आफैँ पनि युथ भएकाले ढुक्क साथ भन्न सक्छु ।’ उनले आफूलाई स्टारडमभन्दा पनि...

करण जोहरको एक्सन फिल्ममा ऋतिक रोशन

काठमाडौं । निर्देशक करण जोहरलाई लभस्टोरी फिल्मले बलिउडमा स्थापित गर्यो । कुछ कुछ होता है, कभी खुसी कभी गमलगायतका फिल्म उनको परिचय हो । उनले फ्यामिली ड्रामा र लभस्टोरीलाई न्यायपूर्वक पर्दामा उतार्दै आएका छन् । यद्यपि उनले गत वर्ष ‘घोस्ट स्टोरी’ को निर्देशन गरे । उनले पहिलोपटक हरर कथामा काम गरेका थिए । त्यसपछि उनले आफूलाई अन्य जनरमा पनि उतार्ने...

किशाेर विक नभएकाे भए सारेगम पनि जान्दिनँ थिए हाेला: भुपेन्द्र थापा, नेपाल आइडल ४ विजेता

  भैरहवा। पढाइसँगै भुपेन्द्र थापा मगरको रुचि बक्सिङ, क्रिकेटमा पनि थियो । परिवार नै संगीतमय वातावरणको भएर नै होला उनले संगीत क्षेत्रमै सफलता पाए । जन्मेदेखि नै संगीत क्षेत्रमा रुमल्लिएका भुपेन्द्र नेपाल आइडल सिजन ४ को उपाधि पाउनुलाई धेरैले पारिवारिक वातावरण ठान्छन् । सन् १९९५ मा आमा रत्ना थापा र बुआ सेरु थापा मगरको एक मात्र छोराको रूपमा जन्मेका भुपेन्द्र सानैबाट संगीतिक...

भारतीय चर्चित हास्य कलाकार राजपाल यादव सर्लाहीमा

सर्लाही।भारतीय सिने जगतका चर्चित हास्य कलाकार राजपाल यादव सर्लाही आइपुगेका छन् । सदरमुकाम मलंगवास्थित कवडहलमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्न उनी शनिबार सर्लाही पुगेका हुन् । अन स्क्रिनमा मात्र देखिने गरेका कलाकार यादवलाई हेर्न स्थानीय बिहानैदेखि गाउँ-गाउँबाट सदरमुकाम मलंगवा पुगेका थिए । कलाकार यादव भने निर्धारित समयभन्दा ४ घण्टा ढिलो ३ बजेमात्र कार्यक्रम स्थल पुगेका छन् । उनलाई गोपाल...

पल शाहलाई थुनामा पठाउने आदेश दिँदा जे देखियो।।।

तनहुँ।बिहीबार साँझ पाँच बजे अगावै नाबालिगलाई नायक पल शाह भनिने पूर्णविक्रम शाहले जर्बजस्ती करणी गरेको अभियोगमा जिल्ला अदालत तनहुँमा दर्ता भएको मुद्दामाथि थुनछेक बहस सकियो । बुधबार सुरु भएको थुनछेक बहस बिहीबार सकाएर अदालतले थुनछेक आदेश जारी गर्ने तयारी चल्दै थियो । बिहीबार बहस सकिएर आदेश जारी हुने खबर सार्वजनिक भएसँगै जिल्ला अदालत तनहुँ परिसरको बाहिरपट्टि दिउँसैदेखी भिड जम्मा...

ए मेरो हजुर ४ : दर्शकसम्म पुग्न चाहियो वितरक र प्रदर्शकको साथ

काठमाडौं।नेपालमा नेपाली फिल्मले नै प्राथमिकता नपाउने उदाहरण प्रशस्तै देखिने गरेका छन् । निजीस्तरबाट फिल्महरू निर्माण भइरहेको छ । तर, नेपाली फिल्मको विकास र विस्तार गर्ने चलचित्र नीतिसमेत नहुँदा नेपाली निर्माताहरू अप्ठ्यारोमा पर्ने गरेका छन् । छिमेकी मुलुक भारतमा रहेका फिल्महरूको आ–आफ्नै दर्शक छन् । बलिउडका फिल्म विश्वभर आफ्नो छाप छाड्न सफल भए पनि दक्षिण भारतमा कमजोर छन् । तमिल,...

हलिउड अभिनेता सिल्भियो नेपाल आउँदै

काठमाडौं । हलिउड अभिनेता सिल्भियो सिमाक नेपाल आउने भएका छन् । एक्सन फर नेसन्सको आयोजनामा २६ मार्च २०२२ मा हुन गइरहेको महिला सशक्तीकरणका लागि आत्मरक्षा तालिम सञ्चालनका लागि उनि पहिलोपटक नेपाल आउन लागेका हुन् । भिडियो संदेश पठाउँदै सिल्भियोले आफू हिमालयको देशमा आउन पाउँदा उत्साहित रहेको बताएका छन् । कलाकारितासँगै फिटनेस कोच र तेक्वान्दो मास्टरसमेत रहेका सिल्भियोले प्रशिक्षणमा भेटघाट...