चितवन

विकास निर्माण योजनाको अनुगमन

चितवन । चितवन जिल्लामा सञ्चालन भइरहेका विकास निर्माणका कामहरुको अनुगमन गरिएको छ । चालू आर्थिक वर्षमा सङ्घ, प्रदेश, जिल्ला समन्वय समितिले विनियोजन गरेको बजेट र त्यसका योजनाहरुको जिल्ला समन्वय समिति र सरोकारवालाको सहभागितामा अनुगमन गरिएको हो । स्थानीय पूर्वाधार साझेदारी कार्यक्रमअन्तर्गत सङ्घ र प्रदेशबाट विनियोजन भएका योजनाको एक सातादेखि अनुगमन गरिएको जिल्ला समन्वय समिति चितवनका शाखा अधिकृत बद्रीनाथ सापकोटाले...

भरतपुर अस्पतालको आईसीयूमा एक कोरोना संक्रमितको मृत्यु

चितवन । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । हिजो संक्रमण पुष्टि भएका भरतपुर महानगरपालिका–११ का ६८ वर्षिय पुरुषको आज बिहान मृत्यु भएको भरतपुर अस्पतालले जनाएको छ । सुगर, उच्चरक्तचाप र निमोनियाको समस्या भएपछि उनलाई शुक्रबार नारायणी सामुदायिक अस्पतालमा लगिएको थियो । शुक्रबार स्वाव संकलन गरिएकोमा हिजो मात्र उनको कोरोना रिपोर्ट पोजिटिभ आएको थियो ।...

धुर्मुस–सुन्तली फाउण्डेशनलाई रकम हस्तान्तरण

भरतपुर । चितवनको रामपुरमा निर्माणाधीन अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणार्थ सञ्चालन गरिएको धनधान्याञ्चल महोत्सवमा सङ्कलन भएको रकम हस्तान्तरण गरिएको छ । रङ्गशाला निर्माणस्थलमा आयोजित कार्यक्रममा महायज्ञ आयोजक मूल समारोह समितिका संयोजक तथा बाग्मती प्रदेशका सांसद विजय सुवेदीले धुर्मुस–सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल धुर्मसलाई सङ्कलन भएको रकम आज हस्तान्तरण गर्नुभएको हो । महायज्ञमा बोलकबोल भएको रु ६९ करोड ४० लाख ५६...

चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण

चितवन । चितवनमा दुई चिकित्सकसहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुरस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएका नमूना परीक्षणमा २० जनामा कोरोना संक्रमण देखिएको भरतपुर अस्पताल स्रोतले जानकारी दिएको छ । तीमध्ये १७ जना चितवनका हुन् भने तीन जना नवलपरासीका हुन् । कोरोना संक्रमितमध्ये दुई जना चिकित्सक पनि छन् । उनीहरु भरतपुरको एक निजी अस्पतालमा काम गर्ने चिकित्सक भएको...

भरतपुर अस्पतालमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ

चितवन । भरतपुर अस्पतालको कोभिड आइसियुमा मृत्यु भएका युवाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको स्वाब परीक्षणको क्रममा कोरोना नभएको प्रयोगशालाका वरिष्ठ टेक्नोलोजिष्ट दिपक सुवेदीले जानकारी दिए । मृत्यु हुने २७ वर्षीय युवा भारतबाट आएका थिए । उनी माडीमा क्वारेन्टाइनमा बसेका थिए । ज्वरो आएपछि शुक्रवार भरतपुर अस्पताल लगिएको थियो । शनिबार बिहान ज्वोरोका...

बागमती प्रदेशमा कोरोनाबाट तीनजनाको मृत्यु

मकवानपुर । कोरोना भइरसका कारण बागमती प्रदेशमा हालसम्म तीनजनाले ज्यान गुमाएका छन् । प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार प्रदेशमा हालसम्म ८३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएकामा ३१ जनाले कोरोनालाई परास्त गरी घर फर्किएका छन् भने ४९ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ । कोरोना सङ्क्रमणका कारण सिन्धुपाल्चोक, दोलखा र ललितपुरका एक–एकजनाको ज्यान गएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका...

चितवनको भरतपुर अस्पतालमा एक युवकको मृत्यु

चितवन । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिकाका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट करिब दुई साता अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा उनको शनिबार बिहान करिब साढे १० बजे...

क्यान्सर अस्पतालमा टहरा निर्माण

चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामी र कुरुवाका लागि टहरा निर्माण गरेको छ । उपचारका लागि आएका बिरामी र आफन्तको जीवन कष्टकर बन्दै गएको गुुनासो आएसँगै जिल्ला प्रशासनले उनीहरुको व्यवस्थापन गर्न अस्पताललाई निर्देशन दिएको थियो । प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले स्थलगत निरीक्षणसँगै अस्पतालका अध्यक्ष र कार्यकारी निर्देशकलाई कार्यालयमा बोलाएर तत्काल अस्थायी व्यवस्थापन गर्न निर्देशन दिनुभएको थियो...

साइकल लेनसहितको सडक शिलान्यास

भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको सडक निर्माण हुने भएको छ । भरतपुर–७ को गौरीगञ्ज हेल्थपोष्ट चोकदेखि प्रेमबस्ती चोकसम्म सडक निर्माण गर्न लागिएको हो । भरतपुर महानगरपालिका–७ मा निर्माण हुन लागेको सडकको आज शिलान्यास गर्दै महानगर प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिकामा पहिलोपटक साइकल लेनसहितको स्मार्ट सडक निर्माण गर्न लागिएको जानकारी दिनुभयो । उहाँले भरतपुर महानगरपालिकाका अधिकांश सडक...

बागमती प्रदेशमा हालसम्म २० जना कोरोना संक्रमित डिस्चार्ज

मकवानपुर । बागमती प्रदेशमा हालसम्म २० जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार शुक्रबारसम्म प्रदेशमा देखिएका ४२ जना संक्रमित मध्ये २० जना निको भएर डिस्चार्ज भएका हुन् । बाँकी २० जना प्रदेशका विभिन्न अस्पतालमा उपचाररत् छन् भने हालसम्म सिन्धुपाल्चोक र ललितपुरमा एकरएक जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । बागमती प्रदेशका कुल...