कञ्चनपुरमा दोहोरो नागरिकता लिएको आरोपमा दुईजना पक्राउ

नवयुग संवाददाता
२०८०, २० असार बुधबार १०:३७

Advertisement

कञ्चनपुर । कञ्चनपुरमा दोहोरो नागरिकता लिएको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको पञ्चेश्वर गाउँपालिका–५ का ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् ।

Advertisement

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक प्रकाश डाँगीका अनुसार दुवै जनाविरुद्ध दोहोरो नागरिकतासम्बन्धी जाहेरी दर्ता भएपछि उनीहरूलाई पक्राउ गरिएको हो ।

Advertisement

कञ्चनपुर जिल्ला अदालतबाट म्याद थप गरी उनीहरुमाथि अनुसन्धान अघि बढाइएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*