अस्ट्रेलियामा सैन्य अभ्यास भैरहेका बेला हेलिकप्टर दुर्घटना : बेपत्ता चार जनाको खोजी चल्दै

नवयुग संवाददाता
२०८०, १३ श्रावण शनिबार १२:११

Advertisement

काठमाडौं । अस्ट्रेलियाको क्वीन्सल्याण्डको तट नजिकै एक सैन्य हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा चार जना बेपत्ता भएका छन् ।

Advertisement

लिन्डम्यान टापुमा अस्ट्रेलिया र अमेरिकी सेनाबीच भएको रात्रिकालीन सैन्य अभ्यासका बेला यो दुर्घटना भएको बीबीसीले जनाएको छ । घटना स्थानीय समय अनुसार गएराति साढे १० बजे भएको थियो ।

Advertisement

अष्ट्रेलियाका रक्षामन्त्री रिचार्ड मार्ल्स ले तत्कालै खोजी तथा उद्धारको काम सुरु गरिएको जानकारी दिनुभएको छ । रक्षामन्त्री मार्ल्सका अनुसार एमआरएच–९० टाइपान हेलिकप्टर दुर्घटना भएको हो । दुर्घटनापछि सैन्य अभ्यास केही समय रोक्ने निर्णय भएको रक्षामन्त्री माल्र्सलाई उद्धित गरी बीबीसीले जनाएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*