नेपाल र कतारबीच के के विषयमा भयो सम्झौता ?

नवयुग संवाददाता
२०८१, १२ बैशाख बुधबार १३:२६

Advertisement

काठमाडौँ।  नेपाल र कतारबीच विभिन्न विषयमा सम्झौता तथा समझदारी भएको छ ।  कतारका अमिर तमिम विन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा बुधबार विभिन्न सम्झौता र समझदारीमा हस्ताक्षर गरिएको हो ।

Advertisement

कतारका अमिर थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आज सोल्टी होटलमा भएको द्विपक्षीय भेटवार्तापछि कला र संस्कृतिका क्षेत्रमा सहकार्य, नेपाल र कतारका सरकारी समाचार एजेन्सीबीच समाचार आदानप्रदान तथा शिक्षाका क्षेत्रमा सहयोग आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

Advertisement

त्यस्तै  युवा तथ खेलकुद, दुवै देशका महान्यायाधिवक्ता कार्यालयस्तरीय, कूटनीति, शिक्षा र तालिमसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  सरकारीस्तरमा भएका समझदारी पत्रमा नेपालका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले हस्ताक्षर गरेका छन् ।

Advertisement

यसैगरी निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासङ्घ र कतार चेम्बर अफ कमर्शका बीचमा पनि लगानी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा नेपालका तर्फबाट महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकाल र कतार चेम्बरकातर्फबाट शेख खालिफ विन जसिम अल थानीले हस्ताक्षर गरेका थिए ।

कतारका अमिर थानी आजै प्रधानमन्त्री दाहालले आयोजना गरेको दिवा भोजमा सहभागी भएपछि स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*