रोजगारी सिर्जना गर्न छलफल गर्दै उपमहानगर

नवयुग संवाददाता
२०८१, १३ बैशाख बिहीबार २०:३३

Advertisement

मकवानपुर । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी सिर्जना गर्ने अभियानमा हेटौंडा उपमहानगरपालिका लागेको छ । नगरमा रहर रोजगारीमा लाग्न चाहनेहरु लक्षित गर्दै उपमहानगरपालिकाले रोजगारी श्रृजना गर्ने तयारी थालेको हो ।

Advertisement

नगरक्षेत्रमा रहेका बेरोजगार व्यक्तीलाई न्युनतम रोजगारीको प्रत्याभूत गर्न यहाँका उद्योग प्रतिष्ठान, व्यवसायीक क्षेत्रमा आवश्यक सहजिकरण गर्ने काम सुरु भएको छ । नमुना रोजगार सेवा केन्द्रले बिहिबार निजि क्षेत्र तथा सरोकारवालाहरु बिच छलफल तथा अन्तरक्रिया गर्दै रोजगारी श्रृजना गर्ने कामलाई अघि बढाएको हो ।

Advertisement

हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको अध्यक्षतामा भएको कार्यक्रममा नगरले दक्ष तथा सक्षम जनशक्तीको बिकास गरी आन्तरीक रोजगारीको प्रवद्र्धन र बिकास गर्दै रोजगारीको क्षेत्रको पहिचान गर्ने बिषयमा छलपल भएको थियो ।

Advertisement

कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत रामबाबु पुरी, आर्थिक बिकास महाशाखा प्रमुख राजेश्वरी शाही, मकवानपुर उद्योग बाणिज्य संघका उपाध्यक्ष राजु अधिकारी, उद्योग संघ हेटौंडाका अध्यक्ष बद्रिनाथ शर्मा, अन्तराष्ट्रिय श्रमिक संगठन (आइएलव) का प्रतिनिधी तुलसी रिजाल, बिजय बैध लगाएतकाले आफ्नो धारणा राखेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*