कर्रामा ४० हजार नगदसहित सम्मानित भए स्वर्ण विजेता सञ्जीव

नवयुग संवाददाता
२०७६, १८ पुष शुक्रबार ११:३५

Advertisement

मकवानपुर । १३ औं दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्न सफल मकवानपुरका सञ्जीव कुमार ओझालाई नगद ४० हजार रुपैयाँसहित सम्मान गरिएको छ । शुक्रबार (आज) सामाजिक संस्कार सेवा समिति कर्राले आयोजना गरेको कार्यक्रममा स्वर्ण पदक विजेता ओझा नगद ४० हजार रुपैयाँ सहित सम्मानित भएका हुन् ।

Advertisement

उनलाई समितिको तर्फबाट ५ हजार, हेटौंडा उपमहानगरपालिका वडा नं ४ को कार्यालयको तर्फबाट १० हजार र कर्रा टोलवासीको तर्फबाट २५ हजार नगद प्रदान गरिएको समितिका सदस्य निरज सिं ठकुरीले जानकारी दिए । कार्यक्रममा प्रशिक्षक माधव कोइरालालाई समेत सम्मान गरिएको ठकुरीले बताए ।

Advertisement

समितिका अध्यक्ष अम्बरबहादुर लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देलको प्रमुख आतिथ्यता रहेको थियो ।

Advertisement

कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका सचिव शालिकराम ढकाल, मुद्रण व्यवसायी संघका अध्यक्ष अजीव भट्टराई, कर्रा नेटवर्कका अध्यक्ष सानु लामा, मकवानपुर जिल्ला फुटबल संघका अध्यक्ष टीकाराम लामा, हेटौंडा–४ का वडासदस्य राजेन्द्र वस्ताकोटी, हेटौंडा उपमहानगरपालिकाका अधिकृत रामकृष्ण थापा, इञ्जिनियर विवेक कार्की, तेक्वान्दो संघ मकवानपुरका सचिव विक्रम लामिछाने, सामाजिक संस्कार सेवा समितिका सचिव विमल श्रेष्ठ ‘टोनी’ लगायतको आतिथ्यता रहेको थियो ।

समितिले सामाजिक सेवा सँगसँगै खेलकुद क्षेत्रलाई समेत समेटेर अघि बढ्ने अध्यक्ष लामाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*