रसुवा

यस्तो छ राष्ट्रियसभाको अन्तिम मत परिणाम, कांग्रेसले गुमायो सातै सिट

काठमाडौं । राष्ट्रियसभा सदस्यको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ। १८ सदस्यका लागि बिहीबार भएको निर्वाचनमा दुईजना राजपा-नेकपा गठबन्धनबाट र १६ जना सत्तारूढ नेपालक कम्युनिष्ट पार्टी (नेकपा)बाट विजयी भएका हुन्। राष्ट्रियसभाको नतिजासँगै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस ‘क्लिन स्विप’ भएको छ। कमजोर प्रतिपक्षी र आन्तरिक कलहमा फसेको नेपाली कांग्रेसले यसअघि राष्ट्रियसभामा पाएको ७ सिट गुमाएको छ। हेर्नुहोस नतिजा गण्डकी प्रदेश...

बागमती प्रदेशको मन्त्री बन्दै रामेश्वर फुयाँल

मकवानपुर । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता रामेश्वर फुयाँल बागमती प्रदेशको भौतिक योजना तथा विकासमन्त्री बन्ने भएका छन् । गत कात्तिक १६ गते मुख्यमन्त्री डोरमणि पौडेलले केशव स्थापितलाई बर्खास्त गरेपछि प्रदेशको भौतिक योजना तथा विकास मन्त्रालय मन्त्रीविहीन थियो । १५ महिनादेखि रिक्त मन्त्रालयमा प्रदेशका मुख्य सचेतक रहेका फुयाँललाई प्रस्ताव गरिएको नेकपा स्रोतले जानकारी दियो । यद्यपि फुयाँलले...

बागमती प्रदेशमा धान उत्पादन घट्यो, १० प्रतिशतले गिरावट

मकवानपुर । गरिमा धानको नक्कली बिऊ र फौजी किराको आक्रमणका कारण बागमती प्रदेशमा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान उत्पादनमा यसवर्ष १० प्रतिशतले गिरावट आएको प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै जिल्लामा गरी यस वर्ष चार लाख ६३ हजार एकसय ७३ मेक्ट्रिक टन धान उत्पादन भएको छ...

भालुको आक्रमणबाट घाइते

रसुवा । भालुको आक्रमणबाट उत्तरी रसुवाको टिमुरेमा एक वृद्ध आज गम्भीर घाइते हुनुभएको छ । जिल्ला प्रहरी प्रमुख भाग्येन्द्रपुरूष ढकालका अनुसार भालुको आक्रमणबाट गोसाइँकुण्ड गाउँपालिका वडा नं २ टिमुरेगाउँ निवासी ७० वर्षीय दुप्ले तामाङ घाइते हुनुभएको हो । टिमुरे तातोपानीदेखि पूर्वतर्फ च्यार्नावान खर्क क्षेत्रस्थित गाईगोठको हेरचाह गरी बसिरहेकै स्थानमा तीन बच्चासहित आएको जङ्गली भालुले आक्रमण गरी तामाङलाई गम्भीर घाइते...

पर्यटकको आवतजावत बढ्दै

रसुवा । सीमा क्षेत्र भएर पनि आठनौ वर्ष अगाडि विकट मानिएको टिमुरे क्षेत्रमा सडक निर्माण र नेपाल चीनबीच उत्तरी नाका सञ्चालन भएपछि व्यापार व्यवसायका साथै पर्यटकको ओहोरदोहोर बढेको छ । आफ्नो पुख्र्यौली घर छेउकै अधिकांश पैतृक जमीन नाकाको संरचना बनाउँदा अधिग्रहण भई कृषि उत्पादनमा कमी आए पनि टिमुरे तथा रसुवागढी क्षेत्रको चहलपहल दिनप्रतिदिन बढ्दै गएपछि अधिकांश टिमुरेवासीलाई होटल लज...

सहकारीले खसीबोका बिक्री गर्दै

कावासोती। दशैँ नजिकिँदै गर्दा खसीबोका खरीदका लागि व्यापारी तथा सर्वसाधारण नवलपुर आउन थालेका छन् । यहाँका विभिन्न सहकारीले किसानबाट खसीबोका खरीद गरी बिक्री गर्न थालेसँगै उनीहरु नवलपुर आएका हुन् । बुटवल, चितवन, पोखरा, काठमाडाँैलगायत स्थानबाट व्यापारी खसीबोका खरीद गर्न यहाँ आएका छन् । यहाँका सहकारीले सङ्कलन केन्द्र खोलेका छन् । “खसीबोका सस्तोमा पाउने भएपछि केही वर्षदेखि नवलपुरबाटै खसीबोका किन्ने...

कोदो रोप्न थाले उत्तरी रसुवाका किसान

रसुवा। तीन दिनदेखि लगातार परेको वर्षाले बारीको गरामा पर्याप्त चिसोपन बढाएपछि उत्तरी रसुवाका किसानले कोदो रोप्न थालेका छन् । वर्षाको ‘सिजन’अन्तर्गत उत्तरी रसुवामा लगाइने एक मात्र प्रमुख बाली कोदो भएको र उच्च भू–भागमा कोदो पाक्न बढी समय लाग्ने र अर्कोतर्फ असोजबाटै चिसोपन बढ्ने भएका कारण उत्पादनमा सन्तुलन ल्याउन असार महीनामै कोदो रोपण शुरू गरिएको स्थानीय किसान याकबहादुर लिम्बूले बताउनुभयो...