नुवाकोट

बागमती प्रदेशमा धान उत्पादन घट्यो, १० प्रतिशतले गिरावट

मकवानपुर । गरिमा धानको नक्कली बिऊ र फौजी किराको आक्रमणका कारण बागमती प्रदेशमा यस वर्ष धान उत्पादन घटेको छ । गत वर्षको तुलनामा धान उत्पादनमा यसवर्ष १० प्रतिशतले गिरावट आएको प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । प्रदेशका १३ वटै जिल्लामा गरी यस वर्ष चार लाख ६३ हजार एकसय ७३ मेक्ट्रिक टन धान उत्पादन भएको छ...

तारुकामा २१ हल गोरु जुधाइने

नुवाकोट। नुवाकोटको तारुकामा माघेसङ्क्रान्तिको दिन २१ हल गोरु जुधाइने भएको छ । माघे सङ्क्रान्ति गोरु जुधाइ संरक्षण संस्थाको आयोजनामा आज आयोजित पत्रकार सम्मेलनमा संस्थाका अध्यक्ष भोजबहादुर भण्डारीले मेला सफल बनाउनका लागि सहयोग गर्न आग्रह गर्नुभयो । तारकेश्वर गाउँपालिका वडा नं ३, चन्दनीमामा आगामी माघ १ गते आयोजना हुने गोरु जुधाइ मेला आयोजना गर्न गाउँपालिका, नेपाल पर्यटन बोर्डलगायतबाट सहयोग प्राप्त...

टिपर दुर्घटनामा एकको मृत्यु

नुवाकोट । जिल्लाको ककनी गाउँपालिका–४ रानीपौवाको नाकेढुङ्गामा बालुवा बोकेको टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । पासाङल्हामु सडकको ३५ किलो भन्ने स्थानबाट बालुवा बोकेर काठमाडौँतर्फ जाँदै गरेको बा२क ३७११ नंको टिपर बिहीबार राति ९ बजेतिर दुर्घटना हुँदा टिपरका चालक बेलकोटगढी नपा–१३ बाराहीका २२ वर्षीय अजय लामाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक...

नुवाकोटमा निजी आवास पुनर्निर्माण ७७ प्रतिशत

नुवाकोट । यहाँ निजी आवास निर्माण गर्ने कार्य ७७ प्रतिशत सम्पन्न भएको छ । विसं २०७२ को भूकम्पका कारण क्षति पुगेका वा भत्किएका निजी आवासको पुनर्निर्माण नुवाकोटमा सन्तोषजनक रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । प्राधिकरणको पाँचौँ स्थापना दिवसका अवसरमा आज आयोजित कार्यक्रममा निजी आवास निर्माणका काम लगभग अन्तिम चरणमा पुगको जानकारी दिइएको छ । जिल्ला आयोजना कार्यन्वयन एकाइ...

मिनीट्रक दुर्घटना हुँदा दुईको मृत्यु

नुवाकोट । फोहर विसर्जन गर्न नुवाकोटस्थित सिसडोलमा आउँदै गरेको मिनीट्रक आज बिहान काठमाडौँको तार्केश्वर नगरपालिका–३ स्थित तिनपिप्लेमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । फोहर बोकेर पासाङल्हामु मार्ग हुँदै नुवाकोटको ओखरपौवातर्फ डम्पिङ क्षेत्र जाने सडकमा बिहान १०ः३० बजेतिर भएको दुर्घटनामा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी चौकी तिनपिप्लेले जनाएको छ । ना२क ३३८ नंको मिनीट्रक दुर्घटना...

नुवाकोटमा आइचर दुर्घटनामा दुईजनाको मृत्यु

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका कर्मचारीको आइचर दुर्घटनामा परी दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा छ जना घाइते भएका छन् । मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा२क ७९१० नंको आइचरमा सवार सोही कम्पनीका कर्मचारी दुईजनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनुभयो ।...

टुँडीमा ताल निर्माण शुरु

नुवाकोट । नुवाकोटको म्यागङ गाउँपालिका–३ र ६ को सङ्गमस्थल टुँडी मैदानमा ताल एवं पार्क निर्माण थालिएको छ । हाल टुँडीस्थित पोखरी रहेको स्थानमा रु एक करोड ७१ लाखको लगानीमा व्यवस्थित ताल र पार्कलगायतका संरचनाको निर्माण थालिएको हो । तालसहितको पार्क निर्माणले समग्र यहाँको लागि मात्र नभइ मुलुकको लागि पर्यटकीय एवं धार्मिक गन्तव्य बनाउन सकिने अपेक्षा राखिएको अध्यक्ष आशा तामाङले...

पृथ्वीनारायण सङ्ग्रहालय निर्माण शुरु

नुवाकोट । नुवाकोटको विदुर नगरपालिका–२ दरबार क्षेत्रको कुवापानीस्थित भगवती मन्दिर परिसरमा ‘पृथ्वीनारायण शाह सङ्ग्रहालय’ निर्माण थालिएको छ । विशाल नेपालको एकीकरणको शुरुआत नुवाकोटबाट गर्नुभएका शाहसँग सम्बन्धित सामग्री र जीवनसँग जोडिएका विषयवस्तुको सचित्र उतार्ने प्रयासस्वरुप सङ्ग्रहालय निर्माण शुरु गरिएको वडा नं २ का वडाध्यक्ष वीरेन्द्रकुमार शाहीले जानकारी दिनुभयो । उहाँका अनुसार सात रोपनी जग्गामा रु पाँच करोड २८ लाख लगानीमा...

नुवाकोटमा नौ हजार औद्योगिक प्रतिष्ठान

नुवाकोट । राष्ट्रिय लेखा पद्धतिलाई सुदृढ गर्दै समग्र अर्थतन्त्रको अवस्था आँकलन गर्ने उद्देश्यले सरकारले पहिलो पटक सञ्चालन गरेको आर्थिक गणनाअनुसार नुवाकोटमा करीब नौ हजार व्यावसायिक प्रतिष्ठान (आर्थिक एकाइ) रहेको तथ्याङ्क सार्वजनिक गरिएको छ । तथ्याङ्क कार्यालय नुवाकोटका अनुसार आर्थिक गणनाको प्रारम्भिक नतिजाको दोस्रो चरणमा प्राप्त तथ्याङ्कअनुसार जिल्लाको १२ स्थानीय तहमा आठ हजार ७९४ औद्योगिक प्रतिष्ठान रहेको उल्लेख छ ।...

सुविधा सामुदायिक एकाइ स्थापना

नुवाकोट । नुवाकोटको लिखु गाउँपालिका–६ थानसिंहमा स्वास्थ्य एकाइ कार्यालय सञ्चालनमा आएको छ । लिखु गाउँपालिकाको सामाजिक विकास शाखामार्फत ‘सुविधा सामुदायिक एकाइ’ले बुधबारदेखि सेवा सञ्चालनमा ल्याएको छ । नागरिकको स्वास्थ्य सुधारमा सेवा पु¥याउने स्थानीय सरकारको लक्ष्य कार्यान्वयनअन्तर्गत स्वास्थ्य एकाइ कार्यालय शुरु गरिएको गाउँपालिका अध्यक्ष धुव्र श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार एकाइलाई सुविधा सम्पन्न नयाँ भवन निर्माण गर्न शुरु गरिसकेकाले...