अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गयो

नवयुग संवाददाता
२०७८, ९ आश्विन शनिबार १४:२४

Advertisement

दैलेख – दैलेखको तोलिजैसीमा अरिङ्गालको टोकाइबाट एक जनाको ज्यान गएको छ ।

Advertisement

ठाँटीकाँध गाउँपालिका–५ तोलीजैसीका ४८ वर्षीय देवबहादुर शाहीको अरिङ्गालको टोकाइबाट ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका इञ्चार्ज प्रहरी नायब उपरीक्षक ९डीएसपी० अनुपम श्रेष्ठले बताउनुभयो ।

Advertisement

हिजो दिउँसो छोराको सर्टिफिकेट लिन विद्यालय जाने क्रममा अरिङ्गालले टोक्दा उहाँ घाइते हुनुभएको थियो । सुर्खेतमा रहेको कर्णाली प्रदेश अस्पतालको आईसीयूमा राखेर उपचार गराइरहेको अवस्थामै उहाँको ज्यान गएको श्रेष्ठले जानकारी दिनुभयो ।

Advertisement

मृतक देवबहादुर शाही विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ सङ्गठन ‘नेपाल किसान सङ्घ(क्रान्तिकारी’का जिल्ला अध्यक्ष र पार्टीको जिल्ला कमिटी सदस्य जिम्मेवारीमा हुनुहुन्थ्यो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*