विदेशी लगानी भित्रिएर टेलिभिजन उद्घाटन गरिनु जायज होइनः प्रदीपकुमार ज्ञवाली

नवयुग संवाददाता
२०७८, ५ मंसिर आईतवार १७:०७

Advertisement

काठमाडौं । नेकपा (एमाले) का प्रवक्ता प्रदीपकुमार ज्ञवालीले विदेशी लगानी भित्रिएर टेलिभिजन उद्घाटन गरिनु जायज नभएको बताएका छन् ।

Advertisement

प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीले आइतबार काठमाडौंमा गरेको ‘महाधिवेशनमा विचार र नेतृत्व’ विषयक कार्यक्रममा ज्ञवालीले बाह्य लगानीमा निषेध गरेको क्षेत्रमा लगानी हुनु र प्रधानमन्त्रीले नै त्यसको उद्घाटन गर्नु जायज नभएको बताएका हुन् ।

Advertisement

यसअघि पतञ्जलीले शुभारम्भ गरेको दुई नेपाली च्यानलको प्रधानमन्त्रीले उद्घाटन गरेका थिए र तर उक्त च्यानलले नेपालमा अनुमति नलिएको भन्दै बिरोध सुरु भएको छ ।

Advertisement

त्यस्तै ज्ञवालीले नीतिका बारेमा विधान महाधिवेशन गरेसकेकाले अबको महाधिवेशन नीति, मनोविज्ञान र नेतृत्वमा एकता हुने बताए । उनले हरसम्भव सहमतिका आधारमा नेतृत्व चयन हुने पनि धारणा राखे ।

एमालेको महाधिवेशन यही मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*