जोगिन्दर बने ‘मुखियाजी’

नवयुग संवाददाता
२०७८, ९ चैत्र बुधबार १९:१०

Advertisement

काठमाडौं।जोगिन्दरको उपनामले परिचित शिवशंकर रिजालले हिमालय टेलिभिजनमा ‘जोगिन्दर बोले प्रणामजी’मा देखिएपछि अर्को उपनाम पनि पाए– पानवाला । जोगिन्दरको उपनामले चर्चामा आएका शिवशंकरलाई त्यो नाम र क्यारेक्टर एक सर्ट फिल्ममार्फत पाएका थिए ।

Advertisement

‘मलाई लिएर आशिफ शाहले एउटा सर्ट फिल्म बनाउनु भएको थियो । जहाँ म पान पसलेको रूपमा प्रस्तुत थिएँ । त्यहीँबाट मैले यो क्यारेक्टरलाई बोकेको हुँ’, जोगिन्दरले भने ।

Advertisement

अमेरिकी दूतावासको एक प्रतियोगिताको लागि बनाइएको उक्त सर्ट फिल्म विजेता बनेसँगै जोगिन्दर क्यारेक्टरको चर्चा भयो । त्यसैले गर्दा उनले जोगिन्दरलाई अगाडि बढाउने सोच बनाए ।

Advertisement

‘मैले क्यारेक्टरलाई कसरी जीवित राख्ने सोच्दै थिएँ र त्यही समयमा हिमालयन टिभी सुरु भयो । मैले नारायण पुरी दाइसँग सल्लाह गरेर कार्यक्रम सुरु गरेँ,’ उनले भने । उनलाई सर्वसाधारणले पान पसलेसम्म भन्ने गरेका छन् । यद्यपि अब उनको क्यारेक्टर फेरिने भएको छ । जोगिन्दरबाट परिचित शिवशंकर अब ‘मुखियाजी’ बन्दैछन् । ग्लोबल टेलिभिजनबाट प्रसारण हुने शो ’जोगिन्दर मुखियाजी’मार्फत पनि उनले तराईकै क्यारेक्टरलाई ल्याउदै छन् ।

‘हाम्रो तराईमा मुखियाजीलाई सबैले मान्ने गर्छन् । गाउँ, टोल वा वडामा हुने मुखियाजीकै आधारमा फैसला हुने गर्थे,’ उनले भने । मुखियाजी विशुद्ध मनोरञ्जनात्मक कार्यक्रम भएको शिवशंकरले बताए । उनले पहिलो एपिसोडमा पूर्वमन्त्री लालबाबु पण्डितलाई अतिथिको रूपमा निम्त्याएका छन् ।

‘यसमा रमाइलो ठट्यौली शैलीमा गफगाफ गर्ने शो हो । यहाँ घरमा भएका खानेकुराहरू खाँदै गफगाफ गर्नेछु । यो साझा चौतारीमा सबैसँग भलाकुसारी गर्ने कार्यक्रम हो,’ उनले भने । उनी टेलिभिजनमा कोरोनाभाइरसको महामारी पश्चात आउन लागेका हुन् । उनले जोगिन्दरको क्यारेक्टरलाई जीवित राख्दै मुखियाजीमार्फत आगामी कला यात्रालाई अगाडि बढाउने योजना सुनाए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*