विक्की र कटरिनाले गरे विवाह दर्ता

नवयुग संवाददाता
२०७८, १० चैत्र बिहीबार ११:१५

Advertisement

काठमाडौं । बलिउडको नवविवाहित जोडी विक्की कौशल र कटरिना कैफले विवाह गरेको तीन महिना पुगेको छ । दुवैले गत ९ डिसेम्बरमा राजस्थानमा विवाह गरेका थिए ।

Advertisement

तर, कानूनी रुपमा भने दुवैको विवाह गत सातामात्र सूचीकृत भएको छ । दुवैले गत १९ मार्चमा आफ्नो परिवारका साथ अदालतमा उपस्थित भएर दर्ताको प्रक्रिया पूरा गरेका हुन् ।

Advertisement

विक्की र कटरिनाको विवाहअघि दुवैले विक्कीको घरमा एक निजी समारोहमा आफ्नो विवाह दर्ता गराएको खबर बाहिर आएको थियो । त्यो बेला कटरिना विक्कीको घर गइरहेको अवस्थामा भेटिएकी थिइन् ।

Advertisement

कटरिना विक्कीको घरमा जाँदै गरेको भेटिएपछि दुवैले विवाह दर्ता गराएको अनुमान गरिएको थियो । दुवैले स्पेसल मेरिज एक्ट १९५४ अनुसार विवाह दर्ता गर्नुपर्ने थियो ।NK

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*