जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

नवयुग संवाददाता
२०८०, ६ भाद्र बुधबार १२:४७

Advertisement

सिन्धुली । दुधौली नगरपालिका-१० कोक्टीस्थित जयन्ता कटवालको सौरभ होटलमा जुवातास खेलिरहेको अवस्थामा कटवाल समेत ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

विशेष सूचनाको आधारमा प्रहरी चौकी कमजाखोजठाडी दुधौलीबाट खटिएको प्रहरीले उनीहरूलाई  नगद ३० हजार ४ सय रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो ।

Advertisement

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*