विद्यार्थी भर्ना अभियानलाई प्रभावकारी बनाउन मन्त्री श्रेष्ठको सक्रियता

नवयुग संवाददाता
२०८१, ६ बैशाख बिहीबार १३:३५

Advertisement

मकवानपुर । नयाँ शैक्षिक सत्र २०८१ को भर्ना अभियान चलिरहेको छ । “सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता” भन्ने आदर्श वाक्यसहित भर्ना अभियान सञ्चालन भैरहेको छ । उक्त भनाईलाई सार्थकता प्रदान गर्न बागमती प्रदेशका खानेपानी उर्जा तथा सिँचाई मन्त्री एका लाल श्रेष्ठले विशेष सक्रियता बढाउनु भएको छ ।

Advertisement

सोही अन्तर्गत बिहीबार मन्त्री श्रेष्ठले हेटौंडा-१२ स्थित बुद्ध माविको घरदैलो कार्यक्रममा सहभागीता जनाउनुभएको छ । बिद्यालयले प्रचारात्मक शैलिमा हेटौंडा १२ को पान्तले, भोर्ले, हात्तीगौंडा, बनेलधापटोल लगाएतको स्थानमा घरदैलो गरी विद्यालय जाने उमेरका बालबालिकालाई भर्ना गराउन अभिभावकलाई आग्रह गरेको छ ।

Advertisement

अभियानको क्रममा मन्त्री श्रेष्ठले अभिभावकहरुसंग भेटी विद्यार्थीलाई विद्यालयमा पठाउन आग्रह गर्नुभयो । उहाँले विद्यार्थी भर्ना अभियान तीव्र बनाउन विद्यालय व्यवस्थापन समितिले विद्यार्थी र अभिभावकसंगको छलफललाई अगाडि बढाउनुपर्ने बताउनुभयो ।

Advertisement

राज्यले ठुलो लगानी गरेको सामुदायिक विद्यालयहरुमा विद्यार्थीको संख्या सहित गुणस्तर पनि बढाउनुपर्नेमा उहाँको जोड थियो । मन्त्री श्रेष्ठले विद्यालयको भौतिक पूर्वाधार विकासको लागि बागमती प्रदेश सरकार गुरुयोजनाको साथ अघि बढेको दाबी गर्नुभयो ।

समुदायसंग जोडिनको लागि पनि शैक्षिक क्षेत्रको गुणस्तर अभिवृद्धि हुनुपर्ने उहाँको भनाई छ । जनजाती समुदायको बाहुल्य रहेको उक्त क्षेत्रमा विद्यार्थी भर्ना कम हुने र बिद्यार्थी ड्रप आउटको समस्यापनि रहेको भन्दै मन्त्री श्रेष्ठले भर्ना अभियानमा सबैको भूमिका अनिवार्य रहेको बताउनुभयो ।

भर्ना अभियानमा सबैभन्दा ठूलो, भूमिका स्थानीय तह, शिक्षक र विद्यालय व्यवस्थापन समितिको रहने भन्दै मन्त्री श्रेष्ठले भर्ना अभियानसंगै बिद्यालयको शैक्षिक गुणस्तरमा पनि ध्यान दिन जरुरी रहेको बताउनुभयो ।

विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराई शिक्षा सम्बन्धी मौलिक हक कार्यान्वयनको सुनिश्चितता गर्न प्रदेश सरकार लागिरहेको उहँाँले बताउनुभयो ।

विद्यालय शिक्षाका निम्ति लगानीका प्रयासलाई सघन तुल्याउँदै थप परिणाममुखी बनाउन सामूहिक प्रयास केन्द्रित हुनुपर्नेमा मन्त्री श्रेष्ठले जोड दिनुभएको छ । यसैगरी विद्यालयका प्रध्यानाध्यापक किसन थापाले सामुदायिक विद्यालयहरुको भौतिक विकास अझैपनि सोचे अनुरुप हुन नसकेको बताउनुभयो ।

उहाँले कम्प्युटर ल्याब, खेलमैदानको व्यवस्थापनको लागि आफुहरुले विगत देखि नै प्रदेश र स्थानीय सरकारलाई अनुरोध गर्दै आएको बताउनुभयो । कक्षा १० सम्म अध्यापन हुने विद्यालयमा हाल ६ सय ५० जना विद्यार्थी अध्ययनरत् रहेको उहँाँले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*