युवा संघ नेपालले एक वर्षभित्र ५ लाख सदस्य बनाउने

नवयुग संवाददाता
२०७६, ३ मंसिर मंगलवार १७:३४

Advertisement

काठमाडौँ। सत्तारुढ नेकपाको भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले एक वर्षभित्र पाँच लाख सदस्य बनाउने निर्णय गरेको छ। मंसिर १ मा भएको युवा संघको राष्ट्रिय भेलाले सो निर्णय गरेको संयोजक रामप्रसाद सापकोटाले जनाएका छन्।

Advertisement

भेलाले कालापानी, लिम्पियाधुरा, सुस्ता, आदि अतिक्रमित भूमि फिर्ता गर्न पनि भारतसँग माग गरेको छ। त्यस्तै, भेलाले मंसिर १४ मा हुने उपनिर्वाचनमा नेकपाका उम्मेदवारलाई जिताउन परिचालित हुन संघका कार्यकर्तालाई निर्देशन दिएको छ।

Advertisement

संघको एकता प्रक्रियालाई टुंगोमा पु¥याउनेगरी एकताका कामलाई तीव्रता दिने निर्णय पनि भेलाले गरेको छ। मंसिरदेखि चैतसम्म जिल्लाभन्दा तल्लो, साउनसम्म जिल्ला र कात्तिकभित्र प्रदेशको एकता सम्मेलन गर्ने लक्ष्य राखिएको संयोजक सापकोटाले जनाएका छन्।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*