अमेरिकाको भिजिटर भिसामा नयाँ नियम, नेपालीलाई छुट

नवयुग संवाददाता
२०७७, १० मंसिर बुधबार १३:२३

Advertisement

काठमाडौं । अमेरिकाको विदेश मन्त्रालयले अमेरिकाको भिजिटर भिसाका लागि नयाँ नियम लागु गरेको छ। नियम अनुसार ओभरस्टे दर उच्च भएका देशहरुका नागरिकले भिजिटर भिसाका लागि ५ हजारदेखि १५ हजार डलरसम्म धरौटी राख्नुपर्ने भएको हो ।

Advertisement

धरौटीवापत कति रकम राख्ने भन्ने निर्धारण भने भिसा कन्सुलर अधिकारीले नै गर्नेछन् । यो कार्यक्रम डिसेम्बर २४ देखि सुरु हुनेछ भने सन् २०२१ को जुन २४ सम्म लागु हुनेछ ।

Advertisement

यो अस्थायी अन्तिम नियम भएकाले यसमा कमेन्ट अवधि राखिएको छैन । भिसा आवेदकको अवस्था हेरेर धरौटी राख्नुपर्ने वा नपर्ने निर्धारण गर्ने अधिकार भिसा कन्सुलर अधिकारीलाई दिइएको छ भने यदि तोकिएको समयमा नफर्केको खण्डमा राखेको धरौटी रकम डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटी र आइसले लिनेछ ।

Advertisement

यो नियम नेपालको हकमा भने लागु हुने छैन् । नेपालीहरुको ओभरस्टे दर जम्मा ३ दशमलव ३८ प्रतिशतमात्र रहेका कारण नेपालीका सन्दर्भमा यो नियम लागु हुनेछैन ।

भिजिटर भिसामा १० प्रतिशतभन्दा बढी ओभरस्टे दर भएका देशका नागरिकका लागि यो नियम लागु हुनेछ । आर्थिक बर्ष २०१९ को रिपोर्ट अनुसार यो दर निर्धारण गरिएको हो ।

नेपालसहित अफगानिस्तान, एंगोला, भुटान, बर्मा, बुरुण्डी, बुर्किना फासो, चाड, कंगो, इरान, लाओस, लिबिया, सुडान लगायतका देशको सन्दर्भमा भने यो नियम लागु हुनेछ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*