नदीजन्य पदार्थ उत्खनन गर्ने आठ सवारी नियन्त्रणमा

नवयुग संवाददाता
२०७७, २० फाल्गुन बिहीबार १९:४२

Advertisement

तनहुँं । अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् गरेको अभियोगमा प्रहरीले आठ सवारीसाधन नियन्त्रणमा लिएको छ । व्यास नगरपालिका, बन्दीपुर गाउँपालिका र घिरिङ गाउँपालिकास्थित नदीबाट अवैधरुपमा नदीजन्य पदार्थ उत्खनन् एवं ओसारपसार गर्दै गर्दा प्रहरीले आठ वटा सवारी नियन्त्रणमा लिएको हो ।

Advertisement

व्यास–७ स्थित मादी नदीको किनारबाट अवैधरुपमा बालुवा उत्खनन् एवं लोड गरी लिइ हिँडेका अवस्थामा ग १ त २८३१, ना २ त ७३५७, ग १ त ३७३५ र ग १ त ४०५५ नम्बरको ट्र्याक्टरलाई प्रहरी चौकी कलेस्तीबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएर कारवाहीका लागि नगरपालिका पठाएकामा रु आठ हजारका दरले रु ३२ हजार जरिवाना गरिएको छ ।

Advertisement

बन्दीपुर–६ साराङघाटस्थित बन्द रहेको नमूना ग्रिड क्रसरबाट अवैधरुपमा गिटी बालुवा लोड गरी दमौलीतर्फ ल्याउँदै गर्दा ग२ख ८२०९ र ग१क ४२६१ नम्बरको टिपरलाई नियन्त्रणमा लिएर कारवाहीका लागि बन्दीपुर पठाइएकामा रु ४० हजार जरिवाना गरिएको छ ।

Advertisement

घिरिङ–१ पुट्टारस्थित कालीगण्डकी नदीबाट अवैधरुपमा उत्खनन् गरी बालुवा लोड गरी लिइ हिँडेको अवस्थामा लु४त ७२०६ र लु३त ३०२६ नंको ट्र्याक्टरलाई नियन्त्रणमा लिएर गाउँपालिका पठाइएकामा रु दुई हजार जरिवाना गरिएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*