कोरोनाले यो साता भारतमा थप १० नेपालीको मृत्यु

नवयुग संवाददाता
२०७८, २० बैशाख सोमबार १३:५५

Advertisement

एजेन्सी। यो साता भारतमा थप १० जनासहित ११ नेपालीको निधन भएको गैरआवासीय नेपाली संघले जनाएको छ । हालसम्म भारतमा मात्रै कोरोना संक्रमणका कारण ज्यान गुमाउने नेपालीको संख्या ७१ पुगेको छ ।

Advertisement

यो सातामा साउदीमा थप एक जनाको संक्रमणका कारण ज्यान गएको हो । गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिको शनिवार साँझसम्म तयार पारेको तथ्यांक अनुसार भारत सहित विश्वभर २१ मुलुकमा रहेका ३८२ जना नेपालीको कोभिड १९ का कारणले निधन भएको छ ।

Advertisement

गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार भारत रहेका २० हजारभन्दा बढी नेपालीलाई कोरोना संक्रमण भएको छ । ती मध्ये १७ हजार भन्दा बढीकोरोना मुक्त भएका छन् ।

Advertisement

अहिलेसम्म विश्वका ५४ मुलुकमा ८६ हजार ६७९ जना नेपालीमा कोरोना संक्रमण भएको छ भने ती मध्ये ८२ हजार १९७ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो साता मलेसिया, भारत, कुवेत, युएई, र साउदी अरेबियामा रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*