भारतमा पनि भेटियो एचएमपीभीको सङ्क्रमण

नवयुग संवाददाता
२०८१, २२ पुष सोमबार १३:२६

Advertisement

नयाँ दिल्ली । भारतको कर्नाटक राज्यमा ह्युमन मेटाप्युमोभाइरस (एचएमपिभि) का दुई संक्रमित फेला परेका छन् ।

Advertisement

नियमित परीक्षणको क्रममा आईसीएमआरले कर्नाटकमा एचएमपीभीका दुई सङ्क्रमित फेला पारेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले ट्विटरमा जारी गरेको विज्ञप्तिमा भनेको छ । सङ्क्रमित दुवै  बालबालिका हुन् ।

Advertisement

 तीन महिनाकी बालिकामा सङ्क्रमण देखिएको तर, उपचारपछि उनी अस्पतालबाट डिस्चार्ज भएको बताइएको छ । सोमबार बिहानै आठ महिनाको एक बच्चा पनि एचएमपीभी देखिएको बच्चाको बैंगलुरुको अस्पतालमा उपचार भइरहेको भन्दै समाचार आएको थियो । बच्चाको अवस्था स्थिर रहेको र उनलाई निगरानीमा राखिएको बताइएको छ ।

Advertisement

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*